पूर्वसभामुख भन्छन्-‘बल ब्याट’ कहिल्यै नछुएको एकेडेमीको म नै पहिलो खेलाडी हुँ

पूर्वसभामुख भन्छन्-‘बल ब्याट’ कहिल्यै नछुएको एकेडेमीको म नै पहिलो खेलाडी हुँ


मदन भण्डारी स्पोर्टस् एकेडेमीले संचालनमा ल्याएको मदन भण्डारी क्रिकेट एकेडेमीको पूर्व सभामुख सुभाषचन्द्र नेङवाङले उद्घाटन गरेका छन् ।

क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाको बलिङमा बिशेष अथिति नेङवाङले ब्याटिङ गरेर उद्घाटन गरेका थिए ।

सो अवसरमा नेङवाङले भने–‘क्रिकेट टाढाबाट हेरेको छु, आफुले जीवनमा पहिलो पटक बल र ब्याट छुने अवसर पाएको हो, म नै एकेडेमीको पहिलो खेलाडी हुँ । मैले तिनै पटक ब्याडले बललाई हिर्काए, मेरो लक्ष्य राम्रो रहेछ , लक्ष्य अनुरुप उपलब्धि हाँसिल गर्नु सक्नु पर्छ, अनि मात्र संस्थाको अर्थ र महत्व रहन्छ ।’

नेङवाङले नेपाली क्रिकेट खेलाडीको प्रसंसा गदै सिमित श्रोत र साधनका बाबजुद नेपाली खेलाडीले दिलाएको उपलब्धि अतुलनिय छ । उनले भने अगामी बन्ने बाम गठबन्धनको सरकारले खेल क्षेत्रलाई बिशेष महत्व दिने वताए ।

बानेश्वर स्थित ओमकारेश्वर चोकमा रहेको एकेडेमी करिब २० लाख को लागतमा निर्माण भएको हो । ३ वटा अभ्यास ढलान पिच रहेको एकेडेमीले करिब २ रोपनी जग्गा ओगटेको छ । सभासद् गणेश दुलाल संरक्षक रहेको एकेमेमीको प्रशिक्षकमा प्रदिप ऐरी रहेका छन् ।

मदन भन्डारी स्पोर्टस् एकेडेमीको नवौं स्थापना दिवासका अवसरमा आयोजित उद्घाटन कार्यक्रममा हालै सम्पन्न साग स्तरिय ह्ुवलचियर क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नेपाली टिमलाई एकेडेमीले नगद ५० हजार सहित सम्मान गरेको थियो । सो अवासरमा मोराक्कोमा सम्पन्न सेल्फ डिफेन्स मार्सल आर्टमा रजत प्राप्त गरेकी सन्जु महर्जन र बेलारुसमा सम्पन्न आईटिएफ तेक्वान्दोमा कास्य बिजेता अन्जना सिवाकोटीलाई सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, राखेप पुर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना, फुटबलर हरि खड्का, ओलम्पियन दिपक बिष्ट, एकेडेमीका महासचिव बचन देउजा, मदन भण्डारी क्रिकेट बिभागका संयोजक सुदिप शर्मालगायतको उपस्थिति रहेको थियो ।

मार्शल आर्ट्स विभाग गठन

मदन भण्डारी स्पोर्टस् एकेडेमीले ओमकृष्ण प्रसाईको संयोजकत्वमा नेतृत्वमा ४६ सदस्य मदन भण्डारी मार्सलआर्ट बिभाग गठन गरेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको नवौं स्थापन दिवसको अवसर पारेर मार्सलआर्टको नयाँ बिभाग गठन गरेको हो । नव गठित बिभागका पदाधिकारीलाई एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

नेपाल कराँते महासंघका सचिव समेत रहेका ओमकृष्ण प्रसाईको संयोजकमा गठित बिभागको सचिवमा किरण गौतम रहेका छन् । सदस्यहरुमा सोतोकान कराँतेका महासचिव श्याम शेर्पा, कराँतेका सहायक प्रशिक्षक माधव धिमिरे, बिनोद राना, सन्जु महर्जन, अन्जना सिवाकोटीलगायत रहेका छन् ।