पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै छ । टि–२० को विश्वकपमा अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा भने पहिलोपटक सहभागिता जनाउन लागेको हो । टि–२० को विश्वकपमा अहिलेसम्म नकआउटचरणमा पुग्न नसेको नेपालले एकदिवसीय विश्वकपलाई भने यादगार बनाउने लक्ष्यमा रहेको छ ।
आगामी जनवरी ७ देखि २१ सम्म हुने विश्वकप पाकिस्तान र दुबईले संयुक्त रुपमा आयोजना गर्दै छ । त्यसका लागि नेपालले विगत ५ महिनादेखि आफ्नो तयारी गरिरहेको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले जानकारी गराएका छन् ।
यसअघिका भएका ४ संस्करणमा आर्थिक अभावका कारण सहभागिता जनाउन नपाएको नेपालले यो पटक भने सहभागितालाई ठूलो सफलताको रुपमा लिएको छ । सिमित श्रोत साधनमा नेपाली नेत्रहीन क्रिकेट आफ्नो सहभागितालाई नै ठूलो सफलताको रुपमा लिन बाध्य छन् । यद्यपि, नेत्रहीन क्रिकेट संघले अपर्याप्त श्रोतमा आफ्नो छोटो समयको तयारी गरेको थियो ।
गत भदौमा टिम छनोट गरेको संघले १५ दिनमात्र विशेष क्याम्प राख्न राखेको थियो । तर, संघ, खेलाडी र स्वयं प्रशिक्षक भने कम लगानी र थोरै समयमै विश्वकपमा आपूmहरुले ऐतिहासिक सफलता देखेको बताउँछन् ।
यसपटकको विश्वकपमा सुरक्षाका कारण ६ राष्ट्रको मात्र सहभागिता रहेको छ । भारत र पाकिस्तानविच देशबीच राजनितिक विवाद भएपनि भारतले भने पाकिस्तान भ्रमण गर्दैछ । वेस्ट इन्डिज, साउथ अफ्रिका र इंग्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आफ्नो सहभागिता रद्द गरेका थिए ।
आयोजकले एसियाका राष्ट्र बाहेक अन्य देशको खेल दुबईमा मात्र राखे पनि ३ देशले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन् । त्यसैले पनि राउन्ड रोविन हुने प्रतियोगितामा नेपालले २ खेल जित्ने सके पनि सेमिफाइनल यात्राको लागि पर्याप्त रहेने छ । नेपाली टिमका प्रशिक्षक रिजन प्रजु र कप्तान कृतन श्रेष्ठ दुवाल पनि नेपालको सेमिफाइनल यात्रा टाढा देख्दैनन् ।
‘यसपटक हामीले धेरै मिहेनत गरेका छौँ । कमजोर पक्ष ब्याटिङमा पनि निकै सुधार आएको छौं । भारत र पाकिस्तानबाहेक अन्य देशसँगको जित खासै टाढा छैनन् । यसअघि पनि हामीले बलियो मानिएका साउथ अफ्रिका र न्युजिल्यान्डमाथि जितको रेखा कोर्न सफल भइसकेका छौँ ।’ प्रशिक्षक रिजन बताउँछन् ।
कप्तान कृतन प्रशिक्षकको भनाईमा समर्थन गर्दै भन्छन्, ‘जितका लागि नतिजा भन्दापनि मिहेनत आवश्यक हुन्छ । त्यसैले हाम्रा साथीले उत्कृष्ट गर्न सके सहभागिता यागदागर हुनेछ ।’ नेपालको पहिलो खेल ८ जनवरीमा पाकिस्तानको लाहोरमा बंगलादेशसँग खेल्दैछ ।
यसअघि सन् २०१२ को टि–२० विश्वकपमा बंगलादेशलाई हराए पनि अहिले उनीहरुले ठूलो फड्को मारेका संघका अध्यक्ष घिमिरेको भनाई छ । सन् २०१७ को टि–२० विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई हराए पनि नकआउटचरणमा पुग्न असफल भएको थियो ।
पैmसलावादमा जनवरी ९ मा भने नेपाल बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्नेछ । त्यसको भोलिपल्ट १० जनवरीमा फैसलावादमै घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले चुनौती प्रस्तुत गर्नेछ । पछिल्लो संस्करणमा भारत विजेता र पाकिस्तान उपविजेता हुन् ।
दुबईको अजमानमा नेपालले चौथो खेल १३ जनवरीमा अस्ट्रेलिया खेल्नेछ । अजमानै १५ जनवरीमा तुलनात्मक रुपमा बलियो श्रीलंकाविरुद्ध नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ । नेपालले राउन्ड रोविन लिगमा हुने २ खेलमा जित निकाले अन्तिम चार को यात्रा सहजै तय गर्नेछ ।
पहिलो सेमिफाइनलमा १७ जनवरीमा अजमान ओभल क्रिकेट मैदान र दोस्रो सेमिफाइनल १८ जनवरीमा अजमानको एमसिसी क्रिकेट मैदानमा हुनेछ । फाइनल खेल भने लाहोरको गद्दाफि स्टेडियममा हुनेछ । यसअघि सन् १९९६ को पहिलो विश्वकप साउथ अफ्रिकाले जितको थियो । त्यसपछि भने सन् २००२, ०१४ मा भारतले विश्वकपको उपाधि जित्दा सन् २००६ मा भने विश्वकप उपाधि पाकिस्तानले आफ्नो बनाएको थियो ।

प्रतिक्रिया