– श्रीविक्रम भण्डारी
नेपाल ओलम्पिक कमिटीको वैधानिकताबारे सर्वोच्च अदालतमा परेको रिटको सर्वोच्चले फैसला गरेको छ । सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र डम्बर शाहीको संयुक्त इजलासले २०६८ साल वैशाख १६ गते सर्वोच्चले गरेको फैसलालाई निरन्तरता दिँदै रुक्मशम्शेर राणाको नेपाल ओलम्पिक कमिटीको पक्षमा आज फैसला सुनाएको हो ।
गत २०६८ सालमा सर्वोच्चले अदालतको फुल बेन्चले गरेको निर्णयलाई चुनौती दिँदै अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले केही महिना पहिले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रीटमा श्रेष्ठले आफू अध्यक्ष रहेको ओलम्पिक कमिटी वैधानिक भएको जिकीर गर्दै मुद्दा दायर गरेका थिए ।
न्यायाधीशद्वय जोशी र शाहीको संयुक्त इजलासले उक्त रिटलाई खारेज आज गरेको हो । साथै पछिल्लो पटक ओलम्पिक कमिटीको भवन कव्जालाई समेत सर्वोच्चले कानुनसम्मत भएको फैसला गरेको छ । त्यस्तै, नेपाल ओलम्पिक कमिटीको सम्पूर्ण सम्पत्तिको भोगचलन गर्ने अधिकार पनि राणा ओलम्पिक कमिटीलाई प्रदान गरेको छ ।
प्रतिक्रिया