फेन्सिङ च्याम्पियनसिपमा अनिता र जंगलाइ स्वर्ण

फेन्सिङ च्याम्पियनसिपमा अनिता र जंगलाइ स्वर्ण


राखेप च्याम्पियनसिप अन्र्तगत संचालन भैरहेको तेश्रो राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपमा महिलातर्फ एपीएफका अनिता कार्की र पुरुषतर्फ जंग गिरीले स्वर्ण पदक जितेका छन् । उनीहरुले ईपी विधा अन्र्तगत आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला इपी तर्फ सेनाकी ईन्दिरा पौडेलले रजत र सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतानले काँश्य पदकमा चित्त बुझाए । त्यस्तै तीन दिने प्रतियोगिताको पुरुष तर्फ सेनाका दीपेन्द्र विष्टले रजत प्राप्त गर्दा एपिएफका राजेन्द्र श्रेष्ठ र सेनाका सागर के.सी.ले कास्य पाए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रम विच उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपाली सेना, एपिएफ मध्यमाञ्चल र पश्चिमाञ्चलका गरि ९६ खेलाडीहरुको सहभागिता रहेको थियो ।