इटहरीमा आजदेखि राष्ट्रिय एथलेटिक्स

इटहरीमा आजदेखि राष्ट्रिय एथलेटिक्स


राखेप च्याम्पियनसिपअन्तर्गत ४२ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता पुष २३ गते आइतबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ । प्रतियोगितामा जम्मा १ सय ७१ खेलाडीको सहभागिता रहने एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन् ।

तीन विभागीय टोली पुलिस, आर्मी र एपीएफवाट ८१ खेलाडी सहभागी हुनेछन् । जस्मा प्रत्येक विभागिय टोलीका २७ जना खेलाडीको सहभागिता रहनेछ । एक विभागीय टोलीबाट १५ पुरुष र १२ महिला खेलाडी रहने छन् । त्यस्तै पाँच विकास क्षेत्रबाट १८ का दरले ९० खेलाडीले भाग लिने छन् । क्षेत्रमा पुरुष÷महिलालाई समान ९–९ कोटा दिइएको छ ।

प्रमुख प्रशिक्षक यादवका अनुसार पुरुषमा १९ र महिलामा १८ गरी जम्मा ३७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगिताको महिलामा ह्यामर थ्रो राखिएको छैन ।