राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्तर्गत भएको तेश्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप २०७४ को अन्तिम दिन तीन स्वर्ण हात पार्दै सेनाले सर्वाधिक ७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगिताको अन्तिम दिन सेनाले महिला ब्यक्तिगत सेवर, ईपी र सेबरको महिला टिममा स्वर्ण हात पारेको हो । सेवर महिला ब्यक्तिगत तर्फ सेनाकी कमला श्रेष्ठले सेनाकै रविना थापालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । तेश्रो स्थानमा सेनाकी अस्मिता बस्नेत र एपिएफकी मिना देवी पौडेल रहे ।
पुरुषको सेवर ब्यक्तिगत तर्फको प्रतिस्पर्धामा मध्यमाञ्चलका अमित भण्डारीले सेनाका दिनेश पाण्डेलाई पाखा लगाउंदै स्वर्ण हात पारे । उनकै मेहनतमा मध्यमाञ्चलले अन्तिम दिन दुई स्वर्ण हात पार्न सफल भएको हो । व्यक्तिगत स्पर्धामा सेनाका मदन थापा र नुर बहादुर थापाले कास्य पदक प्राप्त गरेका थिए ।
महिला ईपी टिममा दोश्रो स्थानमा मध्यमाञ्चल र तेश्रो स्थानमा एपिएफ रह्यो । यस्तै सेवरको महिला टिममा मध्यमाञ्चलले रजत र एपिएफले कास्य पायो ।
यस्तै पुरष तर्फको ईपीको टिम ईभेन्टमा एपिएफले स्वर्ण हात पार्दा मध्यमाञ्चलले रजत हात पा¥यो । तेश्रो स्थानमा रहेको त्रिभुवन आर्मीले कास्य पायो । यसैगरि पुरुषको सेवर टिममा मध्यमाञ्चलले स्वर्ण उपाधि प्राप्त ग¥यो । उसले एपिएफलाई पछाडी पार्दै रजतमा चित्त बुझाउन बाध्य पाऱ्यो । तेश्रो स्थानमा रहेको सेनाले कास्य पायो ।
प्रतिक्रिया