विश्वरुपा बुढा र गोपीचन्द्र पार्कीले दश हजार मिटर दौडमा स्वर्ण जितेका छन् । महिलातर्फको १० हजार मिटरको महिलातर्फ आर्मीकी बुढाले ३७ मिनेट २९.५९ सेकेन्डमा दौड पुरा गदै स्वर्ण जितेकी हुन् । त्यस्तै एपीएफका गोपीचन्द्र पार्कीले निर्धारित दूरी ३२ मिनेट २०.८ सेकेन्डमा पुरा गदै स्वर्ण हात जितेका हुन् ।
महिला स्पर्धामा आर्मीकी रेशु बस्नेत दोश्रो हुँदा एपीएफकी बिन्द्रधन्के श्रेष्ठ तेश्रो भईन् । पुरुष स्पर्धामा आर्मीका गजेन्द्र राई दोश्रो हुदा टिका राज कटुवाल तेश्रो भए ।
महिलातर्फको १०० मिटरको बाधा दौड (हडल्स)मा मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले १७.६५ सेकेन्टमा दौड पुरा गदै स्वर्ण जित्दा आर्मीकी तुलसा श्रेष्ठ र तुलसा खत्री दोश्रो र तेश्रो भए ।
महिलातर्फको हाईजम्पमा एपीएफकी टिला चौधरीले १ मिटर ४४ सेमि उफ्रेर स्वर्ण जितेकि थिइन् । पुरुषतर्फ आर्मीकै सुर्यवहादुर खत्रीले स्वर्ण जिते । उनले १ मिटर ८८ सेन्टिमिटरको उफ्रेका थिए ।
प्रतिक्रिया