काठमाडौं । एकीकृत माओवादीका लडाकू रहेका सबै शिविरका पूर्व कमाण्डर र सहायक कमान्डरहरुले सामूहीकरुपमा राजीनामा दिएका छन्। पूर्व लडाकुहरुले शिविरभित्र रहेका वेला आर्थिक अनियमितता गरेको आरोप लगाएपछि उनीहरुले विहीवार पार्टी नेतृत्वलाई सामूहिकरुपमा राजीनामा वुझाएका हुन्।
स्रोतका अनुसार स्थायी समिति वैठक लगत्तै बसेको एकीकृत माओवादीको पदाधिकारी वैठकमा वोलाइएका सबै शिविरका कमान्डर तथा सहायक कमान्डरहरुलाई आर्थिक पारदर्शिताका विषयमा जाँचबुझ तथा अध्ययन गर्न सजिलो हुने भन्दै अध्यक्ष प्रचण्डले लडाकूका कमान्डरहरुलाई राजीनामा दिन आग्रह गरेका थिए। आग्रहपछि सवै शिविरका कमान्डर र सहायक कमान्डरहरुले राजीनामा दिएको स्रोतले जनाएको छ। राजीनामा वुझाउनेमा सवै शिविरका कमान्डर र सहायक कमान्डर गरी १२ जना रहेका छन्।
एकीकृत माओवादीका लडाकुहरु रकेका तत्कालीन मुख्य ७ शिविर र २१ वटा सशायक शिविरका कमान्डरहरुले लडाकूहरुवाट प्रतिमहिना १ हजार रुपैयाका दरले उठाएको, सरकारले दिएको रासन र भत्ता वापतको रकममा पनि अनियमितता गरेको लडाकूहरुले आरोप लगाएका छन्। राजीनामा दिने पूर्व लडाकूकमान्डरहरुमा तेस्रो डिभिजन चितवन शक्तिखोरका धनबहादुर मास्की, छैठौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र सातौं डिभिजन कैलालीका सन्तु राई रहेका छन्।
यसैगरी एक नम्बर शिविर इलामका यमबहादुर अधिकारी, दुई नम्बर शिविरका सिन्धुलीका सुकबहादुर रोक्का र चौथो शिविर नवलपरासीका तेजबहादुर रोका छन् । उनीहरुसंगै ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा दिएका हुन् । पाचौ शिविर भने लामोसमय देखि कमान्डर विहिन छ । यसअघि शिविरभित्र भएको अनियमितता छानविन गर्न माग गर्दै पार्टीको वुधवार सातौँ विस्तारित वैठक अबरुद्ध गरेका थिए ।-Src:NMKhabar
प्रतिक्रिया