एन प्याब्सन खेलकुद सप्ताह शनिबारदेखि

एन प्याब्सन खेलकुद सप्ताह शनिबारदेखि


राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन (एनप्यब्सन) को आयोजनामा पहिलो संस्करणको एन प्याब्सन खेलकुद सप्ताह पुष २९ गते शनिबारदेखि हुने भएको छ ।

आयोजक एन प्याब्सनले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ५ विधा समेटिएको खेलकुद सप्ताह गर्न लागेको जानकारी गराएको हो । खेलकुद सप्ताहमा फुटबल, सटपुट, १०० मिटर दौड, ४०० मिटर दौड रिले र ३ हजार मिटर दौड हुने एन प्याव्सनका खेलकुद इन्चार्ज खडक बहादुर बस्नेतले जानकारी गराए ।

प्रतियोगितामा काठमाडौं जिल्लाका एनप्याब्सनसँग आबद्ध १ सय भन्दा बढी विद्यालयले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । फुटबलमा ५ फिट भन्दा मुनिकाले मात्रै सहभागिता जनाउन पाउने छन् । खेलकुद सप्ताहमा फुटबल बाहेक अन्य चार विधाका खेलहरुमा हरेक विद्यालयबाट दुई जना छात्र÷छात्रा छनोट भएर आउनेछ ।

प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव ६ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । खेलकुद सप्ताह सानो गौचरन खेल मैदानमा हुनेछ ।