इन्जिनियररिङ इन्डोर क्रिकेट हुने

इन्जिनियररिङ इन्डोर क्रिकेट हुने


कसमस कलेज र सिवाइएसटीको आयोजनामा इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको सिक्स ‘ए’ साइड इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले एक कार्यक्रम गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो ।

पुस २९ गतेबाट माघ २ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १६ इन्जिनियरिङ कलेजले सहभागिता जनाउनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । म्यान अफ दि सिरिजले क्रिकेटको फुट किट ब्याग प्राप्त गर्नेछ । प्रतियोगिता कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा हुने खेल इन्डोरको नियम अनुसार नै खेलाइने आयोजकले जनाएको छ ।