शरद गौचनको हत्या गर्ने ‘मुख्य सुटर’ पक्राउ

शरद गौचनको हत्या गर्ने ‘मुख्य सुटर’ पक्राउ


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गर्ने मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान चितवनबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई पक्राउ गरेको हो । लामा पूर्व सैनिक समेत रहेको बुझिएको छ ।

घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित यसअघि प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो ।