नेपाली मेलामा नेपाली पुस्तक स्टल

नेपाली मेलामा नेपाली पुस्तक स्टल


लण्डन । प्रत्येक वर्ष तमू धिं बेलायतको संयोजकत्वमा सम्पन्न हुँदै आएको नेपाली मेलाको चौथो संस्करण अब आउने २६ अगस्त २०१२को दिनमा लण्डनस्थित रिचमोण्ड एथलेट ग्राउण्डमा दिउसोको ११ बजेदेखि प्रारम्भ हुँदैछ । नेपालीहरुको गौरवशाली संस्कार र संस्कृति झल्काउने चार जात छत्तीस वर्णको फूलबारीको झलक यस कार्यक्रममा हेर्न पाईन्छ । विभिन्न नेपालीहरुको संघसंस्थाबाट नेपालका जातजातिहरुको आफ्नै जातीयता र नेपालित्व झल्काउने पोशाक, नृत्य, गीत, सङ्गीत र झांकीहरुको भव्य प्रदर्शन विगत चारवर्षदेखि सम्पन्न हुँदै आएको छ । उक्त अवसरमा नेपाली साहित्यका सर्जकहरुलाई स्थान दिनको लागि एउटा पुस्तक स्टल निःशुल्क तमूधिं, यूकेले उपलब्ध गराएको छ । यसर्थ, बेलायतका सम्पूर्ण नेपाली साहित्यकार मित्रहरुलाई सो कार्यक्रममा आ-आफ्नो कृतिहरु प्रदर्शन, विक्री र वितरणका लागि सो पुस्तक स्टलमा समयभित्र उपस्थित भएर कार्यक्रममा थप रौनक थपेर हौसला उच्च गर्नका लागि तमूधिंले अनुरोध गरेको छ । सोको लागि ०७७३५३६९१६७ नम्बरमा वा यस [email protected] इमेलमा सम्पर्क गर्नुपर्नेछ ।-सुमल, मेस