हृृदयाघातबाट एमाले जिल्ला नेताको निधन

हृृदयाघातबाट एमाले जिल्ला नेताको निधन


हृदयाघातका कारण जितपुर (कपिलवस्तु)का नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य यज्ञप्रसाद खनालको मृत्यु भएको छ । विहिबार निधन भएका खनाल कपिलवस्तु नगरपालिका–६ का वडासदस्य समेत हुन् ।

वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै राससले जनाएको छ । मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा छन् ।

खनालको निधनप्रति एमाले कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष झविलाल पोख्रेलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरिएको हो ।

यसैबीच, कपिलवस्तुमै एक बालिकाकोे बाल्टिनमा डुबेर मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठका अनुसार पानीका डुबेर गम्भीर घाईते भएकी बालिकालाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।