लाइन्स क्लव राजविराजको पदस्थापन

लाइन्स क्लव राजविराजको पदस्थापन


राजविराज । सामाजिक क्षेत्रमा सेवामुलक कार्य गर्दै आएको लाइन्स क्लव राजविराजको नवनिर्वाचित पदाधिकारीहरुको शनिवार एक औपचारिक कार्यक्रमबीच पदस्थापन सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष शंकर शारदा, आइपीप िडा.मुरलीप्रसाद सिंह, सचिव गोविन्द सिंह, टे«जर हरेकृष्ण प्रसाद सिंह, मेम्वरसिप डाइरेक्टर सुशील कावडा, जनसम्पर्क अधिकारी गोविन्द कावडा, सदस्य सत्यवान सिंह लगायतलाई प्रमुख अतिथि जिल्ला गभर्नर गोविन्द खनालले सपथ ग्रहणको साथ पदस्थापन गराएका छन् ।

सो अवसरमा प्रमुख अतिति खनालले अध्यक्ष सहितका पदाधिकारीहरुलाई प्रमाण पत्रसमेत वितरण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि खनाल, लहान लाइन्स क्लबका पूर्वअध्यक्ष चक्रपाणि दाहाल, शिव कटुवाल, डा. सुशील अमल, शोभा जोसी, केपी अवाल, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, प्रदेशसभा सदस्य तथा नेकपा एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने लगायतले शुभकामना मनतव्य व्यक्त गर्नुभभयो ।

सप्तरीमा बाढीले सताउँदा राजविराज लाइन्स क्लवको व्यापक रुपमा सक्रियता रहेको थियो ।

हेमशंकर सिंह