अल्डरसट । गत ०९ तारिख, वेलायतस्थित अल्डरसटमा आदिवासी जनजाति महासंघ वेलायतले १८ औं नेपाल आदिवासी जनाजाति दिवश भब्यताका साथ मनाएको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट हमएका राष्ट्रिय गीका रचयीता ब्याकुल माइलाको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि र अध्यक्षले संयुक्त रुपमा पानसमा वत्ति बाली १८ औं नेपाल आदिवासी जनाजाति दिवशको उद्घाटन गरेका थिए । राष्ट्रिय गान गाएपछि संस्थाका सदस्य गोम्बा शेर्पाले अतिथि र सबै उपस्थित सहभागीहरुलाई स्वागत गरेकाथिए। त्यसपछि आदिवासी जनजातिको राष्ट्रिय गीत गाइएको थियो । कार्यक्रमको संचालन आदिवासी जनजाति महासंघ वेलायतका महासचिब नरेश काङमाङ राईले गरेका थिए ।
कार्यक्रमको अतिथिहरुमा, आदिवासी जनजाति महासंघका संस्थापक अध्यक्ष थर्क राना, किरात राई यायोख्खाका उपाध्यक्ष चक्र बहादुर राई, मगर संघ वेलायतका अध्यक्ष रिटायर मेजर कुल बहादुर थापा, किरात सुनुवार समाज वेलायतका अध्यक्ष जंग सुनुवार, तमूधिं वेलायतका अध्यक्ष मुछेत्र गुरुङ्ग, याक्थुङ्गचुम्लुङ्गका प्रतिनिधि तथा रसमोर चुम्लुङ्गका अध्यक्ष लीला शेलीङ्गमा मावो, आदिवासी जनजाति महासंघका संस्थापक उपाध्यक्ष गंगा देवी राई, थकाली सोसाइटी वेलायतका अध्यक्ष रेसम सेरचन, दुरा समाज वेलायतका अध्यक्ष कर्ण दुरा, महिलासंघ वेलायतका सचिव शशी थापा सुब्बा, गोर्खा वेलफेयर सोसाइटी लण्डनका उपाध्यक्ष शान्तकला राई आदि थिए। विशेष वक्ताहरुमा जनजाति आन्दोलनका अभियानकर्ता जंग बहादुर गुरुङ्ग, आदिवासी जनाजाति महासंघ वेलायत विधान निर्माण समितिका संयोजका चण्डिराज राई, भूपू मन्त्री विजय थेवे र नेपालबाट आएकी तमू लोकतान्त्रिक संघका उपाध्यक्ष मीना गुरुङ्ग थिईन् ।
करिब ३ घण्टा लामो कार्यक्रमको सभा विर्सजन गर्दै सभाका अध्यक्ष श्रीप्रसाद लिम्बूले आदिवासी जनजाति महासंघ वेलायतले नेपालमा रहेका आदिवासी जनजातिहरुलाई हरेक रुपमा सहयोग पु्याउने प्रतिबद्घता व्यक्त गरेकाथिए। -रेशम, मेस
प्रतिक्रिया