हंगकंग । गत १२ तारिख, आदिवासी जनजाति र हंगकंग आदिवासी जनजाति संघर्ष समितिको संयुक्त आयोजनामा आउमातेई कम्युनिटि हलमा एक भव्य र विशाल कार्यक्रमको आयेजनामा भएको छ । उक्त कार्यक्रम दुई चरणमा संचालन गरिएको थियो, जसमा औपचारिक कार्यक्रमको संचालन किसन राईले गरेका थिए, सो चरणको सभापतित्व आदिवासी जनजाति महासँघको अध्यक्ष एमबी थापाले गरेका थिए, प्रमुख अतिथिमा नेपालबाट सोही कार्यक्रमको लागि भनी नेपाल आएका आदिवासी संघर्ष समितिका संयोजक परशुराम तामांग थिए भने विशेष अतियिथमा याउमाचोंगका डिस्ट्रिक्ट काउन्सिलर मिस्टर लाम रहेका थिए । सो चरणमा विभिन्न संघ र संस्थाका प्रतिनिधिहरुलाई अन्य अतिथिको रुपमा बोलाइएको थियो । दोस्रो चरणको कार्यक्रमलाई रीता गुरुंगले संचालन गरेकी थिईन्, जसमा विभिन्न जातीय संस्कृति तथा परम्परा झल्काउने खालका भेषभुषालगायत नाच तथा गानहरुको प्रदर्शनी गरिएको थियो । कार्यक्रम साँझको ५ बजेबाट शुरु भएर रातको १० बजे सकिएको थियो । -तस्वीरसहित याम तमू, मेस, हंगकंग
Click here to view the rest pictures
प्रतिक्रिया