गाईको घ्यूमा क्यान्सरविरुद्ध लड्ने गुण

गाईको घ्यूमा क्यान्सरविरुद्ध लड्ने गुण


गाईलाई मातासमान मानेर हिन्दूहरूले पूजा गर्नुको तात्पर्य गाईमा रहेको बहुगुण नै हो भन्ने वैज्ञानिक दृष्टिबाटै सिद्ध भएको छ । यस्तो गुणकारी जनावर गाईको थप गुण वैज्ञानिकहरूले प्रकाशमा ल्याएका छन् । उनीहरूका अनुसार गाईको घ्यू एक यस्तो औषधि हो जसमा अनेक रोगको दुष्प्रभावलाई समन गर्ने क्षमता रहेको हुन्छ । यसको नियमित सेवनले तौल नियन्त्रण गर्नेदेखि शरीरलाई उचित ऊर्जा प्रदान गर्ने, मानसिक स्वास्थ्यसमेत ठीक राख्नेलगायतका कुरा त सार्वजनिक नै थिए, पछिल्लोपटक विज्ञहरूले प्रकाशमा ल्याएअनुसार गाईको घ्यूमा हुने माइक्रोन्युट्रिअट्सले क्यान्सरविरुद्ध लड्न भरपुर मात्रामा सघाउँछ । क्यान्सर पैदा गर्ने तथा बढाउने एन्जाइम्स तत्वलाई कम गर्न गाईको घ्यू रामवाणसरह भएको अध्येताहरूको दाबी छ । उनीहरूले माइग्रेन, उच्च रक्तचाप, कोलेस्ट्रोल, अपच, दृष्टिदोषजस्ता समस्याबाट पीडितलाई गाईको घ्यूले चामत्कारिक लाभ दिने पनि बताएका छन् ।