सम्भावनाको सहर : धरान-शरु जोशी श्रेष्ठ

सम्भावनाको सहर : धरान-शरु जोशी श्रेष्ठ


०१७ सालमा आधिकारिक रूपमा जन्मिएको धरान अहिले स्वर्ण महोत्सव गर्न गइरहेको छ । नगरपालिका गठन भएको ५० वर्ष पूरा गर्दा धरानको अवस्था र यसका विकासको सम्भावनाको लेखाजोखा गर्ने बेला भएको छ । धरानलाई पहाड र मधेसको संगमस्थल पनि मानिन्छ । दुवै ठँउँको मिश्रति अनुहार, संस्कार, भाषा, बोली, पहिरन, खानपिन, रहनसहन पाइने हुनाले होला यस सहरले आफ्नै मौलिक परिचय बोकेको छ । यस सहरले सबै जातजाति, धर्म, प्रदेशकालाई आत्मसात् गर्न सकेको, स्थान दिन सकेकोले धरानलाई विविधतामा एकताको नारालाई जर्गेना गर्न सकेको छ । नेपालले अहिले समावेशीका कुरा गरिरहेको बेला यस सहरले राष्ट्रलाई नै समावेशीपनाको व्यावहारिक सन्देश दिने हैसियत राख्दछ । यहाँ के मधेसी, के पहाडे, के मारवाडी, के जनजाति, के ब्राह्मण, के दलित सबै एकै ठाउँमा बसेर तोङ्बा खान, विकासको कुरा गर्न सक्दछन् । मदनकृष्ण्ँ र हरिवंशले ‘सयथरी बाजा एउटै ताल’ भन्ने गीत गाएजस्तै । धरानले मुलुकभित्र मात्र होइन मुलुकबाहिर पनि यो सन्देश दिएको छ, भनिन्छ धरानेको रगत रातो र तातो छ । केही परे, धराने एकजुट भइहाल्छन्, बोलीले होस् या अन्य कुराले । कसैलाई केही पर्दा टुलुटुलु हेरेरै बस्ने सहयोगको हात नबढाउने धराने भेटिन्न । धरानबासीको बोली र व्यवहारको विशेष चर्चा गरिन्छ । कतै दुई धराने भेटिए उनीहरू बोलिहाल्ने, एक-अर्काप्रति सद्भाव पस्कने, दुःखमा खै गर्ने, खुसीमा रमाउने गर्छन् । त्यसैले यहाँ भिन्नभिन्न जातजाति, धर्म, भाषा बोल्नेको अनेकतामा एकताको सन्देश दिने शैली मुलुककै लागि क्यापिटलाइज गर्न सकिन्छ । केही महिनाअघि धरानको आठ दलका प्रतिनिधि, नगरपालिका, उद्योग वाण्ँिज्य सङ्घ, सञ्चारकर्मी काठमाडौं आएर धरानको विकासका लागि प्रस्ताव लिएर आएको बेला यो मौलिक शैलीको काठमाडौंमा सरकार, मन्त्री र विभिन्न निकायले मुक्तकण्ठले प्रशंसा गरेको थियो । त्यस प्रस्तावको सबैभन्दा ठूलो माग थियो ‘पानी’ । यस सरोकारलाई सम्बोधन गर्न काठमाडौंस्थित धरान सरोकार समाजले ‘दीप साँझ’ गरेर पाँच लाख जुटँयो । यो आर्थिक सहयोगभन्दा पनि धरान सरोकार समाजले धरानको विकासका लागि काठमाडौंमा बसेर वकालत गर्ने वाचा थियो । धरानका स्रष्टा, गौरव, धरानका गायक दीप श्रेष्ठले धरान सरोकार समाजको होस्टेमा हैंसं गर्दै गाए । धरानको खानेपानीका लागि पाँच लाख सहयोगको जानकारी यसै स्वर्णमहोत्सवका अवस्थामा गरिँदै छ । धरानको खानेपानीका लागि नेपाल सरकारले यस वर्ष करिब ५/७ करोड बजेट विनियोजन गरेकोले अर्थ मन्त्रालयको यस कदमलाई धरान सरोकार समाजसहित सम्पूर्ण धरानवासीले आभार व्यक्त गरेका छन् ।
सन् २०११ पर्यटन वर्षका अवसरमा धरान नगरपालिकाले ५० वर्षको स्वर्णमहोत्सव गरिरहेको सर्न्दर्भमा पर्यटन बोर्डले काठमाडौंमा छलफल कार्यक्रम सञ्चालन गरिदियो । धरानमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यसलाई अझ गम्भीर रूपले विशेेष प्याकेज बनाउन आवश्यक छ । इन्जिनियरिङ, पिण्डेश्वर, बीपी मेमोरियल टिचिङ हस्पिटल, फुड टेक्नोलोजी आदि शिक्षा संस्थाले धरानलाई एजुकेसन हबको रूपमा विकास गर्ने सम्भावना रहेको छ भने विष्णुपादुका, बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वरी बुढँसुब्बा, पञ्चकन्या पाथीभरा आदि मन्दिरहरूले धार्मिक पर्यटन प्रवर्द्धन हुने ठूलो सम्भावना दिएको छ । पछिल्लो समयमा बीपी मेमोरियल हस्पिटलले धरानलगायत वरपरका जिल्लावासीलाई पुर्‍याएको स्वास्थ्य सेवालाई ध्यानमा राखी मेडिकल टुरिजम प्रवर्द्धन गर्न सकिन्छ । यसमा भेडेटार, खेलकुदको रंगशाला, ठूलो स्विमिङपुल आदिले त धरानको पर्यटनको सम्भावनालाई अझ सबल बनाएको छ ।
धरानलाई सफा सहर, फूलहरूको सहर पनि भनिन्छ । मुख्य बजारभन्दा सहरभित्र जुन किसिमले धरानले आफूलाई प्रस्तुत गरेको छ, जोकोही खुसीले धरानलाई मिनी सिङ्गापुर, मिनी हङकङ भन्ने गर्दछन् । यी उपाधि यहाँको चिल्लो सडक, राम्रा घरहरू, हरेक घरलाई शोभा दिने फूललाई देखेर दिएको हुनुपर्छ । यति धेरै सम्भावना बोकेको सहरले आफ्ना सम्भावनाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यमा अझै स्थापित गर्न अझ धेरै मिहिनेत गर्नुपर्ने छ । यसपटक होटल असोसियएसनले यो जमर्काे गरेकोले सबैलाई खुसी लागेको छ । वास्तवमा पर्यटनमा धरानले धेरै गर्न सक्तछ र गर्नुपर्छ ।
यस घडी, धरानको छवि बनाउन चुपचाप योगदान गर्ने वर्गका बारे पनि समीक्ष्ँा गर्न मलाई मन लागेको छ । हो, धरानका हरेक चिल्ला सडक, यहाँको घन्टाघर, रंगशाला आदिमा योगदान गर्ने लाखौँ अहिले धरानमा छैनन्, विदेशमा छन् । यस अवस्थामा धरानको विकासमा रेमिट्यान्स पठँएर योगदान पुर्‍याउने सबै विदेशमा बस्ने धरानवासीको शुभेच्छा, सरोकार र सहयोगलाई मुक्तकण्ठले प्रशंसा मात्र होइन सल्युट गर्नैपर्छ । किनकि नेपालका ५८ नगरपालिकामध्ये धरानलाई सर्वोत्कृष्ट नगरपालिका बनाउन यिनीहरूले ठूलो गुन लगाएका छन् । तर, धरानले यी अप्रवासी मुलुक र्फकंदा बस्ने सम्भावनाका लागि ठँेस योजनाहरू पनि दिन सक्नुपर्छ । धरानवासी जापान, कोरिया, हङकङलगायतका देशमा निराश जिन्दगी पनि बिताइरहेको छन् । फर्केर के गर्ने – भन्ने प्रश्नको जवाफ नपाएर जसोतसो दिन काट्ने धरानवासी पनि प्रशस्तै होलान् । विदेशबाट पठँएको पैसालाई कसरी उत्पादनशील क्षेत्रमा खर्च गर्ने भन्ने जानकारी नभएर पनि कति रेमिट्यान्स अनावश्यक रूपमा खर्च भइरहेको होला । जबर्जस्ती बिदेसिनु परेकोले विवाह, सम्बन्धहरू जोखिममा परेका होलान् । कति बालबालिका अभिभावकविहीनतामा हर्ुर्केर दर्ुर्व्यसन र अपराधमा होमिएका होलान् । अब धरानले रेमिट्यान्सको आर्थिक पक्ष सँगसँगै यसले अघि सारेका सामाजिक प्रश्नहरू पनि केलाउने, यसलाई सम्बोधन गर्ने बेला भएको छ । विदेशमा बस्ने धरानेको फर्केर आएर के भन्ने प्रश्नको उत्तर खोज्न, योजनाहरू दिन धरानको बैंक, प्राइभेट एजेन्सीहरूले नगरपालिका, उद्योग वाणिज्यसँग सहकार्य गर्नुपर्छ । विदेशबाट आउने सीप र रेमिट्यान्सलाई अब धरानले धरानको पर्यटन विकासमा लगाउनुपर्छ । यसका लागि कति धरानवासी कहाँ छन्- तथ्याङ्क आवश्यक छ । आगामी २०६८ को असारमा हुने जनगणनामा धरान नगरपालिकाले विशेष कार्यक्रम गर्न सक्तछ । धरानको एअरपोर्टका लागि यती एअरलाइन्सले किनेर राखेको जग्ग्ाा त्यत्तिकै दिशाविहीन अवस्थामा छ, यसलाई कार्यान्वयन गर्न उत्तिकै जरुरी छ । धरानका कति महिला-पुरुष जोखिमसहित विदेश जाँदै छन् ८-१० हजारको कामको खोजीमा । अर्कातिर हामी अर्बांैका खसी, राँगा भारतबाट आयात गर्र्छौर्ं । वारि्षक करोडौं रुपैयाँ घरको निर्माणमा गर्ने कामदार, कपाल काट्ने, कर्ुता-सारीमा जरी डिजाइन गर्नेलाई तिरेर हामी विदेश विप्रेषण पठाइरहेका छौँ । अझ ठूलो धनराशि हामीले विदेशी ध्वजाबाहक हवाईजहाजमा तिरिरहेका छौँ । यसैले मुलुककै आर्थिक विकासका लागि धरानले ताजा बहस पो चलाउन आवश्यक छ कि, नेपालको समावेशीको बहसमा धरानले आफ्नो अनुभव सेयर गरेर मुलुकभरि विविधतामा एकता, हाम्रो मौलिकताको सन्देश्ा फैलाउने नेतृत्व पो लिन सक्छ कि, ५० वर्षको स्वर्णमहोत्सवमा हाम्रो यही सन्देश्ा र शुभकामना ।