अल्डरशट । गत १९ तारिख, एन आर एन यू के र स्थानीय शिव कल्चरल सेन्टरको संयुक्त पहलमा वाचन शिरोमणि पन्डित दिन बन्धु पोखरेलको मुग्ध प्रवचनका साथ सम्पन्न भएको छ। धर्म भन्नु मानव धर्म मात्र एक हो, मोह होइन प्रेमको खाँचो मानवीय जीवनको सार्थकताको लागि रहन्छ र जात कर्मले निर्धारित गर्दछ न कि जन्मले भन्ने मूल सन्देशका साथ सम्पन्न उक्त सतसँगमा प्रमुख अतिथिका रुपमा वाचन शिरोमणि पन्डित दिन बन्धु पोखरेल र विशेष अतिथि एन आर एन यू केका अध्यक्ष कूल आचार्य रहेका थिए। शिब कल्चरल सेन्टरका अध्क्ष प्रकाश राउतको अध्यक्षतामा सम्प्न्न उक्त शतसँगको सन्चालन सेन्टरका प्रवक्ता भीम बानियाले गरेका थिए भने सेन्टरका महासचिव सूर्य उपाध्यायले उपस्थित प्रमुख अतिथि, बिशेस अतिथि एवम बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सबैमा हार्दिक श्वागत गर्दै वाचन शिरोमणि पन्डित दिन बन्धु पोखरेलको बिषयमा सन्क्षिप्त परिचय दिएका थिए।
शिव कल्चरल सेन्टरका अध्यक्ष प्रकाश राउतद्वारा धन्यबाद दिंदै समापित उक्त शतसँगमा एन आर एन यू केका निबर्तमान अध्यक्ष सूर्य गुरुङ्, सल्लाहकार शेर सुनार, योगेन छेत्री, उपाध्यक्ष थर्क शेन, कोशाध्यक्ष दिलरास गुरुङ्, प्रवक्ता जिब बेल्बासे, सास्क्रितिक संयोजक रमेश बाँस्तोला, सदस्य ज्ञान शेरचन, शिब कल्चरल सेन्टरका गोपाल बिक, कोशाध्यक्ष गंगा अधिकारी, सदस्य धन छेत्री, नारायण के सी, अमर मल्ललगायत सबैजसो सदस्यहरू, समाजसेवी, डा चन्द्र लग्जम्बा, नन्द कुमारी गुरुङ्, सशी पौडेल, रोहित गुरुङ्, सुश्मा गुरुङ, रामचन्द्र गुरुङ्, बाचस्पती रेग्मी र उनकी धर्मपत्नी, निरु जमरकट्टेल, ईन्द्र शर्मा, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, पत्रकारहरु, लगायत ब्रिगेड अफ गोर्खाजका पन्डितहरूको समेत सहभागिता रहेको थियो भने डा चन्द्र लग्जम्बा, सुरेश जमरकट्टेल, र युबाहरुका तर्फबाट सन्दिप उपाध्यायले आ-आफ्नो जिज्ञासा राखेका थिए।
-जिब बेल्बासे
प्रतिक्रिया