बुढो रुख लडेर मासिँदैन जङ्गल…

बुढो रुख लडेर मासिँदैन जङ्गल…


– डा. युवराज संग्रौला

नेपाल र भारतको संबन्धमा अब परिवर्तन गर्नुपर्छ । केही महत्वपूर्ण कुराहरू छन्, जसप्रति हाम्रो ध्यान जानुपर्छ । ती हुन्–

१. जसरी भारतीय सञ्चारमाध्यमले मिथ्या र आधारहीन सुचनाहरू सम्प्रेषण गर्दछ्न्, त्यसरी नै हाम्रा सञ्चारमाध्यमले पनि कथित, मिथ्यापुर्ण एवम् तर्कहीन कुराहरू उछाल्न बन्द गर्नु पर्छ । हामी अप्ठ्यारो ठाउँमा छौँ, त्यसैले बढी होसियार हामी नै हुनुपर्छ ।

२. वर्तमान नेपालको अवस्थामा परिस्थितिहरू गुणात्मक ढङ्गले परिवर्तन भएका छन् । नेपालको उत्तरी–छिमेकी एउटा सुपर पावरको रूपमा उदाएको छ । अन्तर्राष्ट्रिय राजनीतिको वर्तमान केन्द्र नेपाल हो । यदि हामीले यस परिवर्तनलाई ब्यवस्थापन गर्न सक्यौँ भने हाम्रो भूराजनीतिक कमजोरी धेरै हदसम्म सुधारिने छ । यस सकारात्मक पक्षलाई हामीले राम्रोसँग प्रयोग गर्न सक्नु र्छ ।

३.
नेपालले आफुलाई दुई दुङ्गाबीच थिचिएको बस्तुको रुपमा होइन, दुईवटा ठुला अर्थतन्त्रको बीचको ट्रान्जिट वा सम्पर्क सेतुको रुपमा प्रस्तु गर्नुपर्छ । भरपर्दो राष्ट्रिय सुरक्षा, समान संलग्नताको कुटनीति र स्वाधीनताको पुर्ण प्रयोगका तीन सिद्धान्तमा आधारित परराष्ट्र सबन्धको विकास गर्नुपर्छ । यस्तो सबन्ध नेताले मात्र गर्लान् भन्ने भ्रमबाट पहिला मुक्त हुनुपर्छ । यस्का लागि केही आधारभूत रणनीतिको विकास गर्नुपर्छ । जस्तै,

क. परम्परावादी दृष्टिकोणले अब काम गर्दैन । अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय अर्थब्यवस्थाका नवीनतम ज्ञाताहरू, खासगरि युवा विज्ञहरू समाहित रहेको एउटा चिन्तन–मन्थन समुहको निर्माण गर्नु आवश्यक छ ।
ख. यस्तो समुहले भारत र चीनमा जनस्तरमा व्यापक कुटनैतिक बहस सञ्चालन गर्नुपर्छ ।
ग. नेपालले ब्यापार र पारवहनका कुरामा आफुलाई भारतनिर्भर बनाएर आफ्नो आर्थिक विकासलाई रोक्न सक्तैन भन्ने कुरा भारतीय समकक्षीलाई प्रष्ट रुपमा भन्न सक्नुपर्छ ।
घ.नेपाल चीनबाट सहुलियत चाहन्छ ब्यापार र पारवहानमा भन्ने कुरा चिनियाँ समकक्षीलाई पनि भन्न सक्नुपर्छ । यो सुविधा अन्तर्राष्ट्रिय कानुनद्वारा निर्दिष्ट ब्यवस्थाअनुरुप हुनुपर्छ ।

४. नेपाल सरकारको एकलौटी अधिकार होइन पररास्ट्र सम्बन्ध । नेपाली जनताको सार्भभौम अधिकारभित्रको कुरा हो यो । त्यसैले गल्ती र कमजोरी गर्ने कर्मचारी र नेता अब जवाफदेहिताको दायरामा आउनुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय सबन्ध र कानुनको क्षेत्रमा काम गर्ने शैक्षिक वा प्रागिङ्क संस्थाहरूको सम्बन्ध स्थापित हुनुपर्छ ।

५. हामीले अब नेपालको स्वार्थलाई केन्द्रमा राखेर सोच्ने संस्कारको विकास गर्नुपर्छ । अतः,

क. परराष्ट्र मन्त्रालयलाई जान्कारी नगराई विदेश भ्रमण गर्ने नेता र कर्मचारीको अभिलेख राखी जनतालाई जानकारी गराउने प्रचलन आरम्भ गर्नुपर्छ ।
ख. सरकारका नीतिनिर्माणमा ‘एनजीओ’हाबी हुने प्रचलनलाई रोक लगाउनुपर्छ । यस्ता गतिविधिको जोडदार विरोध गर्नुपर्छ ।
ग. विदेशी मिसनले नमागी सल्लाह दिने चलनको विरोध गर्नुपर्छ ।

राष्ट्र जोगाउने जनताले हो । निराश नभई, कुरौटे नभई देश निर्माणमा लागौँ । काम गर्न नसक्ने आफैं समाप्त हुन्छन् । बूढो रुख लडेर जंगल मासिँदैन । नयाँ बिरुवा उम्रिएनन् भने मात्र जंगल मासिन्छ ।

(डा. सङ्ग्रौलाको फेसबुक वालबाट)