प्रदेश नम्बर १ एमाले संसदीय दलको नेता चुनावबाटै चयन गरिने

प्रदेश नम्बर १ एमाले संसदीय दलको नेता चुनावबाटै चयन गरिने


प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेता अन्तत : निर्वाचनबाट चयन गरिने भएको छ । सोमबार बसेको प्रदेश कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि दलको नेता निर्वाचनबाट चयन गरिने भएको हो ।

एमालेको संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्ने भएकाले प्रदेश १ को संसदीय दलमा  प्रदेश इन्चार्ज भीम आचार्य, पूर्वमन्त्री शेरधन राई र जीवन घिमिरेले संसदीय दलको नेतामा दाबी गरेका छन् ।

निर्वाचनका लागि चूडामणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

निर्वाचनका लागि माघ २६ गतेको मिति तोकिएको छ। वाम गठबन्धनको सहमति अनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको छ।