सञ्चारकर्मी विनोद र हरि सम्मानित

सञ्चारकर्मी विनोद र हरि सम्मानित


प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसका अवसरमा जिल्ला शाखा चितवनले आज दुई पत्रकारलाई सम्मान गरेको छ । जिल्ला शाखाले भरतपुरमा आयोजना गरेको कार्यक्रममा रु. २० हजार राशिको ‘शारदा तिलचन्द्र पत्रकारिता’ पुरस्कारबाट हरिप्रसाद पोखरेल र रु. १५ हजार राशिको ‘कमला स्मृति पत्रकारिता पुरस्कार’बाट विनोद त्रिपाठी पुरस्कृत भएका छन् ।

त्यस्तै चितवनबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित कृष्ण गिरी र सिर्जना अर्याललाई समेत सो कार्यक्रममा सम्मान गरिएको थियो।

सोही अवसरमा आयोजित अन्तरक्रियामा वक्ताहरुले फोहोरलाई मोहोरमा परिणत गर्दै सफा र सुन्दर भरतपुर बनाउनुपर्नेमा जोड दिएका थिए ।