‘चरित्र हत्या गरेर स्थापित हुनेहरु छिट्टै विस्थापित हुने’

‘चरित्र हत्या गरेर स्थापित हुनेहरु छिट्टै विस्थापित हुने’


कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु छिट्टै विस्थापित हुने धारणा प्रधानन्यायाधीश गोपाल पराजुलीले अघि सार्नुभएको छ । प्राडा युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को राजधानीमा आयोजित लोकार्पण समारोहमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

कार्यक्रममा मन्तव्य दिँदै प्रधानन्यायाधीश पराजुलीले न्यायको मूल्य र मान्यता जगाउनका लागि आफूले हरदम प्रयास गरिरहेको प्रष्टोक्ति दिँदै कसैलाई दोष लगाउनुभन्दा पहिला दशी, प्रमाण र आधार खोज्नुपर्ने, बिनाप्रमाण आरोप लगाउनु उपयुक्त नहुने तर्क गर्नुभयो ।

सोही कार्यक्रममा मन्तव्य राख्दै चर्चित अधिवक्ता डा. भीमार्जुन आचार्यले यतिबेला नेपालको न्यायायलयमाथि जुन प्रकारले आक्रमण गरिएको छ, यसले कसैलाई जितको अनुभूति नदिने बताउनुभयो ।

काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशकसमेत रहनुभएका पूर्वमहान्यायाधिवक्ता प्राडा संग्रौलाद्वारा प्रकाशित पुस्तक नेपालमा फौजदारी न्यायमा देखिएका समस्या र त्यसको समाधानमा केन्द्रित रहेको लोकार्पण समारोहमा अवगत गराइयो ।