तीन बलात्कारी प्रहरी नियन्त्रणमा

तीन बलात्कारी प्रहरी नियन्त्रणमा


वृद्ध महिलालाई जोड–जबर्जस्तीका साथ करणी गरेको अभियोगमा मुस्ताङको घोरपझोङ गाउँपालिका–१ चिमाङ बस्ने ३१ वर्षीय सुनबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । विकले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ७० बर्षीया महिलालाई बलात्कार गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएको अवस्थामा प्रहरीले आफ्नो कब्जामा लिएको हो ।

यस्तै, एक युवतीमाथि बलात्कारकै अभियोगमा खोटाङ दिप्रुङ गाउँपालिका–३ बस्ने २२ वर्षीय नवीन राई पनि प्रहरी नियन्त्रणमा परेका छन् । राईले गत पुस १३ गते धनकुटाको चौबिसे गाउँपालिका–५ घर भई सुनसरीको धरान उपमहानगरपालिका–१६ बस्ने २० वर्षीया युवतीलाई सोही उपमहानगरपालिका–२ स्थित संखुवासभा होटलको कोठा नम्बर १०२ मा लगेर जबर्जस्ती रेप गरेको उजुरी ईलाका प्रहरी कार्यालय धरानमा परेको थियो ।

यसैगरी, बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–५ सृजनानगर डेरा गरी बस्ने सर्लाहीको बरहथवा घर भएका २२ बर्षीय अमिर पण्डित र सोही ठाउँ घर भई काठमाडौँ बानेश्वर बस्ने २८ बर्षीय सन्दिप रायलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले हिजो सोमबारको राति सिन्धुपाल्चोक बाह्रबिसेकी १५ वर्षीया र मध्यपुर ठिमी नगरपालिका–८ चपाचोककी १४ वर्षीया बालिकालाई ललाइफकाई कोठामा लगेर बलात्कार गरेको बताइएको छ । प्रहरीले १ थान चक्कुसहित रायलाई नियन्त्रणमा लिएको हो ।