यसरी खुल्ला दिशामुक्त हुँदैछ ‘विश्वशान्तिको मुहान’

यसरी खुल्ला दिशामुक्त हुँदैछ ‘विश्वशान्तिको मुहान’


– चन्द्रकान्त खनाल

विश्वशान्तिको मुहान लुम्बिनीमा रहेको लुम्बिनी साँस्कृतिक नगरपालिका फागुन १४ गते खुल्ला दिशामुक्त घोषणा हुने भएको छ । जिल्लामा रहेका १६ स्थानीय निकायमध्ये सबैभन्दा समस्या यो नगरपालिमा भएकोले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न ढिलाएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटबलले जनाएको छ ।

विश्वशान्तिको मुहान लुम्बिनीमा रहेको यो नगरपालिका खुल्ला दिशामुक्त बनाउन नसक्दा विश्वमा नै गलत सन्देश जाने भएकोले अब जसरी भएपनि छिटो बनाउनुपर्ने लुम्बिनी नगरपालिकामा भएको एक कार्यक्रमा बताइएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर मनमोहन चौधरीले खुल्ला दिसामुक्त बनाउन चिसोको कारणले केही ढिलाई भएको बताउदै अहिले नगरपालिकामा सौचालय बनाउन बाँकी रहेका सबै वडामा तीव्र रुपले काम भैरहेको बताए ।

नगरपालिका वडा नम्बर ११ र १२ मा खुल्ला दिशामुक्त घोषणा भैसकेका छन् भने अब बाँकी रहेका अरु वडाका २ सय ५ घरमा सौचालय बनाउने काम तीव्र्र भएको बताएका छन् ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यलय बुटबलका इञ्जिनियर ध्रुव धिताल लुम्बिनीमा आउने पर्यटकमा पनि गतल सुचना जाने हँुदा छिटो बनाउनु पर्ने बताउदै खानेपानी तथा सरसफाईबाट केही सहयोग आबश्यक भए उपलब्ध गराउन आफुहरु तयार रहेको बताए ।
खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष ध्रुवकुमार धितालले खुल्ला दिशामुक्त बनाए रोग नियन्त्रणका साथै विकासको सुचक पनि अघि बढ्ने बताए । सबै मिलेर तोकिएकै समयमा नगरपािलकालाई खुल्ला दिशामुक्त बनाउन लाग्नु पर्ने उनको भनाई छ । नगरपालिका सबै वडाअध्यक्षहरुले आफ्नो बडालाई सौचालय बनाउ ताकेता गरेको र नबनाए बहिष्कार गर्नेजस्ता काम गर्ने बताएपछि नबनाएकाले समेत बनाउन र केही नभएकालाई सहयोग दिएर बनाउन थालेका उनले बताएका छन् ।

कार्यक्रमा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्राविधिक ईश्वरीप्रसाद आर्चायले बुझेर पनि नबुझेजस्तो गरेर हेलचेक्रयाइँको कारण समस्या भएको बताए । कार्यक्रमा जिल्ला जनस्वास्थ्य कार्यलयका मिना पन्थी, सुआहारका श्रृजना पन्थी, जिल्ला समन्वय समितिका प्रतिनिधि सञ्चारकर्मीले बोल्दै विश्वमा नै गलत सन्देश जाने भएकोले सबैकोले सहयोग गरि छिटो खुल्ला दिशामुक्त बनाउन आग्रह गरे ।

भेलापछि मेयर मनमोहन चौधरीको संयोजकत्वमा सबै वडाका अध्यक्ष सदस्य र प्रमुख कार्यकारी अधिकृत सदस्यसचिव रहने गरि खुल्ला दिशामुक्त घोषणा गर्ने मुल समिति बनाइएको छ । जिल्ला खानेपानी तथा सरसफाई टोलीले गाउँ–गाउँमा गएर अनुगमन गरेको छ ।