टुक्रिएको कराते जोडिने सङ्केत

टुक्रिएको कराते जोडिने सङ्केत


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले विगत लामो समयदेखि विवादमा रहेको नेपाल सितोरियो कराते महासङ्घको बारेमा मुख खोलेका छन् । सदस्यसचिव विष्टले अखिल नेपाल खेलकुद महासङ्घ ललितपुरले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको समापन कार्यक्रमलार्ई सम्बोधन गर्ने क्रममा करातेको विवादबारे यसरी सावर्जनिक रूपमा प्रस्तुत भएका हुन् ।

सदस्यसचिव विष्टले फुटमा होइन एकतामा शक्ति हुन्छ भन्दै टुक्रिएर रहेको कराते एक हुनु जरुरी भएको बताएका थिए । लामो समयसम्म चलेको करातेको विवादले कराते खेल र खेलाडीलार्ई निकै प्रभावित पारेको बताउँदै करातेको साख जोगाउन पनि करातेलार्ई विवादमुक्त बनाउनुपर्ने विष्टको दाबी थियो ।
करातेमा एकता भएकै बेला नेपालले आठौँ साफमा ऐतिहासिक सफलता हात पारेको स्मरण गराउँदै नेपालमा आउँदो वर्ष आयोजना हुन गइरहेको १३औँ एसियाली खेलकुद प्रतियोगिता (साग) मा त्यो इतिहास दोहो¥याउन करातेमा एकता कायम हुनु जरुरी भएको विष्टले बताए । स्मरणीय छ, नेपालमा आयोजना भएको आठौँ साफमा करातेले ऐतिहासिक प्रदर्शन गर्दै १४ स्वर्ण पदक जितेको थियो ।

केही वर्षदेखि कराते विवादमा छ । दावा गुरुङ अध्यक्ष रहेको सितोरियो कराते महासङ्घलार्ई राष्ट्रिय खेलकुद परिषद्को मान्यता अर्थात् राष्ट्रिय मान्यता प्रदान छ । गुरुङकै सङ्घले राष्ट्रियस्तरमा कराते खेलका गतिविधि सञ्चालन गर्दै आएको छ । जसलार्ई परिषद्ले आर्थिक, भौतिक र रचनात्मक सहयोग र सहकार्य गर्दै आएको छ ।

तर, पुरेन्द्रविक्रम लाखेको अध्यक्षतामा रहेको नेपाल कराते महासङ्घलार्ई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । यही अन्तर्राष्ट्रिय मान्यताले गर्दा अफिसियल गेममा करातेका खेलाडीलार्ई सहभागिता गर्न कठिनाइ उत्पन्न भइरहेको छ । दक्षिण कोरियामा सम्पन्न इन्चोन एसियाड होस् या भारतको गुहावटी र सिलोङमा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) दुवै अन्तर्राष्ट्रिय प्रतियोगितामा कराते खेलाडीको सहभागिताबारे निकै विवाद उत्पन्न भएको थियो । तत्कालीन समयमा यो विवाद राष्ट्रियस्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रियस्तरमा समेत पुगेको थियो । परिणाम, यही राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको विवादका कारण झन्डै नेपाली खेलाडीले सहभागिताबाट वञ्चित हुनुपरेको थियो ।

करातेमा चलेको जुँगाको लडाइँले कराते विवादमा तानिए पनि राखेपको हस्तक्षेप अहिले जरुरी भइसकेको छ । राखेपले दुवै पक्षको सहमतिमा करातेको निर्वाचन गराउन सके करातेको विवाद समाधान हुने देखिन्छ । यदि गुरुङ र लाखे साँच्चिकै करातेलार्ई माया गर्छन् र करातेको विकासका लागि सोच्छन् भने उनीहरू मिल्नुभन्दा अर्को विकल्प छैन ।

तर, करातेलार्ई मिलनबिन्दुमा पु¥याउन राखेपका सदस्यसचिव विष्टले विशेष भूमिका निभाउनुुपर्ने जरुरी देखिएको छ । यतिबेला सदस्यसचिव विष्टले करातेमा फुटमा होइन एकतामा शक्ति हुन्छ भनेपछि करातेको जुट्न सक्ने सम्भावना प्रस्ट रूपमा देखिएको छ । यतिबेला विष्टको यस्तो अभिव्यक्ति आउनमा केही रहस्य रहेको अनुमान लगाउन सकिन्छ । यतिबेला विष्ट नै करातेको एकताका लागि खुलेर लागेको बुझिनमा आएको छ ।

अझ गुरुङ यतिबेला राखेपको सदस्यमा समेत नियुक्ति भएकाले उनले टुक्रिएको करातेलार्ई एकजुट पार्नेमा अभिभावकको भूमिका खेल्न सक्छन् ।