वीरता जेसीजको अध्यक्षमा सञ्चारकर्मी गिरी सर्वसम्मत

वीरता जेसीजको अध्यक्षमा सञ्चारकर्मी गिरी सर्वसम्मत


– रेजिना गौतम

सन् २०१८ का लागि वीरता जेसीज बिर्तामोड (झापा)को अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको ३८ औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत बुधवार सम्पन्न निर्वाचन कार्यक्रमबाट अध्यक्षमा गिरी सर्वसम्मत भएका हुन् ।

अध्यक्ष पदका उम्मेदवारहरू विशाल थापा, प्रकाश सुवेदी, दिवाकर प्रसाईं र राजीव धिमालले सहमति, सहकार्य र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् । गिरीले सन् २००४ मा वीरता जेसीजमा प्रवेश गरी जेसीज यात्रा सुरु गरेका थिए ।

दुई दशकदेखि पत्रकारितामा क्रियाशील वीरता जेसीजका अध्यक्षमा चयन भएका गिरी पत्रकार महासंघ झापाको उपाध्यक्ष, पूर्वाञ्चल दैनिकका सम्पादक र रेडियो नेपालको झापा समाचारदाताका रुपमा कार्यरत छन् ।

यो समाचार तयार पार्दासम्म जेसीजको दुई कार्यकारिणी उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेकाले सो पदमा समेत सर्वसम्मतको प्रयास भइरहेको निर्वाचन अधिकृत सजेश शिवाकोटीले जानकारी दिए । त्यस्तै, उपाध्यक्षहरुमा सञ्जीव घिमिरे, युवराज कुँवर, पवन न्यौपाने र अशोक चौधरी सर्वसम्मत चयन भएका छन् । संयुक्त सचिवमा प्रवेश बस्नेत, जनसम्पर्क अधिकारीमा कुशल खतिवडा र तालिम संयोजकमा विकास बस्नेत सर्वसम्मत चयन भएका छन् ।

वीरता जेसीजको अध्यक्षमा चयन भएपछि गिरीले वीरता जेसीजलाई सबैको भावना समेटेर साझा र उत्कृष्ट जेसीज बनाउने प्रतिबद्धता जनाएका छन् । सो अवसरमा वीरता जेसीजका अध्यक्ष सञ्जु भारती, पूर्वअध्यक्षहरु विनोद बस्नेत, विशाल थापा, निर्मल भट्टराई, हेम खड्का, प्रमेश राजकर्णिकार, आनन्द बस्नेत, भक्तराज भारती, राजेन्द्र चौलागाईं, निवर्तमान अध्यक्ष सजेश शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की लगायत सदस्यहरूले अविर पहि¥याएर बधाई तथा शुभकामना दिएका थिए ।