‘भूत आतंक’ फैलाउनेलाई कारबाही शुरु

‘भूत आतंक’ फैलाउनेलाई कारबाही शुरु


ललितपुरको टिकाथलीमा ‘भूत-आतंक’को हौवा फैलाउनेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

‘भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको हो । उनीहरुसँग बयान लिने क्रम जारी रहेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ ।

घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुलाई मंगलबार बेलुका नै कार्यालयमा बोलाइएको थियो ।

‘घटनाबारे मंगलबार साँझदेखि सोधपुछ भइरहेको छ’ सिलवालले भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख, डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । सोही बमोजिम प्रहरीले एक्शन लिएको हो ।