दिदी भेट्न जाँदै गर्दा जिपको ठक्करबाट युवतीको ज्यान गयो

दिदी भेट्न जाँदै गर्दा जिपको ठक्करबाट युवतीको ज्यान गयो


पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ ।

धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले बनहरा पुलमा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिनुभयो । युवतीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको छ । मृतक विक पैदल हिडेर बंकस्थित शिविरमा दिदीलाई भेट्न जाँदै थिइन ।