महाशिवरात्रिदेखि पशुपति क्षेत्रमा गाँजा, लागूपदार्थको प्रयोगमा रोक

महाशिवरात्रिदेखि पशुपति क्षेत्रमा गाँजा, लागूपदार्थको प्रयोगमा रोक


पशुपति क्षेत्रमा गाँजा, लागूपदार्थको प्रयोगमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले यसपालीको महाशिवरात्रिदेखि पाशुपत क्षेत्रमा गाँजा र लागूपदार्थको प्रयोगमा रोक लगाएको छ ।

शिवरात्रिमा आउने दर्शनार्थी, भक्तजन, साधु, सन्त, योगी, सन्यानी कसैले पनि गाँजाको प्रयोग गरेको पाइए कारबाही गरिने कोषले जनाएको छ ।

शिवरात्रीका अवसरमा दर्शनको तयारी गरिरहेको पशुपति विकास कोषले गाँजा लगायत लागूपदार्थ दुर्ब्यसनी ओसारपसार तथा विक्री मात्र नभई प्रयोगलाई समेत कडाइका साथ रोक लगाइएको जनाएको हो ।
विगतमा शिवरात्रीका दिन पशुपति क्षेत्रमा गाँजा, भाङ धतुरो लगायत लागूपदार्थको प्रयोग र विक्री वितरण अत्याधिक हुँदै आएको छ ।

आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरलाई लागूपदार्थ मुक्त क्षेत्र बनाउने प्रयास स्वरुप साधुसन्तहरुलाई समेत गाँजा भाङ प्रयोगमा रोक लगाइएको कोषले जनाएको छ ।

शिवरात्री आउन ३ दिनमात्र बाँकी रहँदा पशुपति क्षेत्रको सरसफाई तथा पुनर्निर्माणको कामलाई तिब्रता दिइएको कोषले जनाएको छ । जुनसुकै स्थानमा लाइन बसेका भएपनि आधी घण्टा देखि २ घण्टा भित्र दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।