कुवेतमा तमू प्ये ल्हु संघको समुद्घाटन

कुवेतमा तमू प्ये ल्हु संघको समुद्घाटन


कुवेत । गत अगस्त ३१ तारिख, तमू प्ये ल्हु संघ, कुवेतको शुक्रवार एक औपचारिक कार्यक्रमका वीच संस्थापक अध्यक्ष छ्योमान त्हारा तमूको सभापतित्वमा संघका संरक्षक तथा वरिष्ट सल्लाहकार क्या। कुलप्रसाद मैन्मै तमूबाट संघको ब्यानर अनावरण गरी बिधिवत स्थापना गरिएको छ। तमू प्ये ल्हु संघ, कुवेतको एतिहासिक सो उद्घाटन कार्यक्रममा तमू क्ल्हेप्री चिव, गंगा म्होप्छेँ तमूबाट पवित्र मन्त्र वाचन गरिएको थियो भने कार्यक्रममा उपस्थित सबै महानुभावहरूलाई यसै संस्थाका उपाध्यक्ष भीम प्हच्यु तमूले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गरेकाथिए।
ऐतिहासिक उदघाटन समारोहमा उपस्थित भएका तमू प्येताँ, ल्हुताँमा आस्थावान सम्पूर्ण तमु दाजु-भाइ तथा दिदी-बहिनी लगायत सो ऐतिहासिक समारोहमा विभिन्न महानुभावहरूले कार्यक्रमको सफलताको कामना गर्दै तमू जातिको मौलिक धर्म, संस्कार तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता माथि जोड दिँदै आ-आफ्ना भनाइहरू राखेकाथिए।
कार्यक्रमको अर्को आकर्षण विविध सांस्कृतिक स्वादकासाथ भव्य तथा पूर्ण सफलताका साथ सम्पन्न भएको उक्त कार्यक्रममा सोही संघका संरक्षक तथा वरिष्ट सल्लाहकार, सभापति, महासचिव तथा उपाध्यक्षबाट सम्पूर्ण कलाकारहरु तथा सल्लाहकार समितिका महानुभावहरूलाई सम्मान गर्ने कार्यक्रम पनि भएको थियो।
संघका सचिव दुर्गा क्याप्छेँ तमू, दिनेश ल्होमे तमू तथा ब्रिलिएन्ट कोन तमूबाट संयुक्त रूपमा सञ्चालन गरिएको सो कार्यक्रममा तमू जातिको धर्म र धार्मिक आस्थाको संबन्धमा आफ्नो भनाइ राख्दै समयको अप्रयाप्तताका बावजूद पनि सफलरुपमा सम्पन्न गराउन पाएकोमा गर्व लागेको र सम्पूर्णमा धन्यवाद दिँदै सभापति छ्योमान त्हारा तमूले कार्यक्रम समापनको घोषणा गरेकाथिए ।
-दुर्गा क्याप्छैँ तमू