सिंचाइ मन्त्रालयका सचिवसहितको गाडी त्रिशुलीमा खस्यो, ३ जना वेपत्ता

सिंचाइ मन्त्रालयका सचिवसहितको गाडी त्रिशुलीमा खस्यो, ३ जना वेपत्ता


सिंचाइ मन्त्रालयका सचिवसहित अन्य तीनजना चढेको गाडी त्रिशुली नदीमा खसेको छ ।

सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका हुन् ।

कपिलवस्तुस्थित आफ्नो घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौंतर्फ आउँदै गरेका सचिव सवार गाडी गाडी पृथ्वी राजमार्ग अन्तर्गतको सलाङघाटबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटना भएको स्थान धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाट हो । घटना शनिबार बिहान ३ बजेतिर भएको हो ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा परी सचिव यादव, उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी वेपत्ता सचिव यादव लगायतको खोजी कार्य भइरहेको छ ।

प्रहरीका अनुसार चालक निराजन यादव घाइते भएका छन् । उनलाई दुर्घटनास्थलबाट प्रहरीहरुले उद्धार गरेको हो । उनको उपचार काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको बताइएको छ ।