सामाखुशीस्थित महर्षी स्कूलमा घोडा सवारी

सामाखुशीस्थित महर्षी स्कूलमा घोडा सवारी


काठमाडौँको सामाखुशीस्थित महर्षी विद्यालयमा विद्यार्थीलाई घोडा सवारी (हर्ष राइडिङ) गराइएको छ । विद्यालयले विद्यार्थीलाई पढाइका अलावा अतिरिक्त क्रियाकलापमा जोड दिने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

बालबालिकाको सर्वाङ्गिण विकास नै आजको आवश्यकता हो भन्ने मूल उदेश्यका साथ महर्षीले विभिन्न समयमा यस्ता रचनात्मक कार्यहरु गर्दै आएकोे विद्यालयका अध्यक्ष प्रकाशचन्द्र दवाडीले जानकारी दिए ।
घोड सवारीमा नर्सरीदेखि कक्षा पाँचसम्मका २ सय ५० भन्दा बढी विद्यार्थीले घोडा चढेर आनन्द लिएका थिए । विद्यालयले अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिबृद्धिका साथै रचनात्मक क्रियाकलापमा ध्यान दिदै आएको अध्यक्ष दवाडीको भनाई छ ।

विद्यार्थीहरुलाई नयाँ अनि आकर्षक विषयहरुको ज्ञान दिदाँ उनिहरुमा नयाँ जोश र जाँगर पलाउनुको साथै अध्ययनमा रुचि बढ्ने बिश्वास लिइएको विद्यालयले जनाएको छ ।