जिप्रकामा आधुनिक सूचना प्रणाली

जिप्रकामा आधुनिक सूचना प्रणाली


जिल्ला प्रशासन कार्यालय भोजपुरमा आधुनिक सूचना प्रणाली जडान गरिएको छ ।
सेवाग्राहीलाई कार्यालयका सबै खालका सेवा तथा सूचना सहज रुपमा दिने उद्देश्यले सूचना प्रणाली जडान गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिए ।

सूचना प्रणालीबाट कार्यालयको विविध सूचना, नागरिक बडापत्रलगायतबारे सेवाग्राहीले सहज रुपमा जानकारी लिन सक्ने सहायक प्रजिअ न्यौपानेको भनाइ छ । सेवा प्रवाह तथा सूचना प्रणालीलाई अझ सहज बनाउन आगामी दिनमा मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याइने तयारी भइरहेको बताइएको छ ।