जुटमिलमा आगलागी हुँदा १० लाख बराबरको क्षति

जुटमिलमा आगलागी हुँदा १० लाख बराबरको क्षति


विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलमा शुक्रबार दिउँसो आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार मिलको मेशिन तातेर भएको उक्त आगलागीबाट १० टन जुट र मेशिन जल्दा रु १० लाख बराबरको क्षति भएको छ ।

उक्त आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको सहयोगमा नियन्त्रणमा लिइएको छ । राससका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।