गिल्फोर्ड, यूके । गत ०१ तारिख, सगरमाथा तेक्वान्दो डोजांगको गिल्फोर्ड शाखाले आफ्नो तेस्रो वार्षिक दिवस बडो धुमधामका साथ मनाएको छ । गिल्फोर्ड शाखाका मास्टर प्रेमकुमार गुरुंगको अग्रसरतामा सम्पन्न भएको सो कार्यक्रमलाई सगरमाथा डोजांगका अध्यक्ष्क्ष राष्ट्र राई, कुलबहादुर गुरुंग, सिंगबहादुर गुरुंग, सुन्दर गुरुंग(ए), सुन्दर गुरुंग(बी), कृष्ण गुरुंग, ध्रुव शाहीलगायत फार्नबोरोह शाखा, मैडस्टोन शाखा, फोकस्टोन शाखा र सान्ढ्रस्ट शाखाले विशेष सहयोग र साथ दिएका थिए ।
सगरमाथा डोजांगको गिल्फोर्ड शाखाको तेस्रो वार्षिक उत्सवमा गिल्फोर्डका डिपुटी मेयर, काउन्सिलर पाउलिन सिर्ले, एस्कर्ट भिक्टर सिर्ले प्रमुख तथा विशेष अतिथि रहेकाथिए भने अन्य अतिथिहरुमा गिल्फोर्ड नेपाली कम्युनिटिका अध्यक्ष देउकाजी गुरुंग, सगरमाथा तेक्वान्दो डोजांग अध्यक्ष राष्ट्र राई, च्युनडोक्वान तेक्वान्दो जीबीका अध्यक्ष लिन्से लअरेन्स, टीपीएलएसका सोम गुरुंग, क्या.शेरबहादुर गुरुंग, मर्दीखोला समाजका आईबहादुर गुरुंग रहेका थिए ।
कार्यक्रममा विभिन्न अतिथिहरुले खेलसम्वन्धी तथा डोजांगको सफलतासम्वन्धी आआफ्ना मन्तव्यहरु दिएका थिए भने तेक्वान्दोका स्पाइरिंगहरु, पुम्सेहरु अनि वुढ ब्रेक्रिंगलगायतका तेक्वान्दोका कलाकौशलहरुको खेलाडीहरुबाट प्रदर्शनी गरिएको थियो भने साथमा विभिन्न किसिमका साँस्कृतिक कार्यक्रमहरुको प्रदर्शनी पनि गरिएको थियो ।
तस्वीरहरुसहित विसन गुरुंग, मेस
वाँकी तस्वीरहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् । यदि कसैलाई एलबममा रहेको आफ्नो तस्वीरको ठूलो साइजको चाहिएमा यस नम्बर ०७७०३२२७०३ मा सम्पर्क राख्नुहोला ।
प्रतिक्रिया