रुपन्देहीमा कुष्ठरोगीको संख्या १ सय ८१

रुपन्देहीमा कुष्ठरोगीको संख्या १ सय ८१



– चन्द्रकान्त खनाल

रुरुपन्देहीमा सञ्चालन भएको कुष्ठरोग खोजी अभियानमा ५९ जना नयाँ रोगी फेला परेका छन् । माघ २३ गते देखि २५ गतेसम्म रुपन्देहीका दशवटा स्थानीय नगरपालिका र सञ्चालिन अभियानमा उक्त नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ निरीक्षक टीकाराम अधिकारीले गाउँमा गएर खोजी अभियानमा नयाँ ५९ बिरामी फेला परेको बताए । रुपन्देहीमा पुराना १ सय २२ जना बिरामीले औषधी सेवन गरिरहेको समेत उनले बताए । नयाँ थप भएका बिरामी नगरपालिकामा भन्दा गाउँपालिकामा बढी फेला परेका छन् ।

अधिकारीले तिलोत्तमा नगरपालिकामा ४, सिद्धार्थ नगरपालिकामा ३, रोहयी गाउँपालिकामा ७, गैडबव गाउँपालिकामा ८, औमसतिया गाउँपालिकामा ८ सुद्धोधन गाउँपालिकामा १, मर्चबारी गाउँपालिकामा ६, मायादेवी गाउँपालिकामा ६, सम्रीमाई गाउँपालिकामा १५ र कञ्चन गाउँपालिकामा १ रहेको बताए ।

नेपाललाई २०२० सम्म कुष्ठरोगमुक्त बनाउने अभियानअन्तर्गत यो सुरु भएको उनको भनाई छ । रुपन्देहीमा पुराना रोगीहरुमध्ये १३ जना महिला रहेका छन् ।
खोजी अभियानमा ८ सय ३८ जना खटिएका थिए त्यसमध्ये १ सय ४९ स्वास्थ्यकर्मी र २० जना विज्ञटोली समेत रहेको अधिकारीले बताए । जिल्ला जनस्वास्थ्य प्रशासक केयरसिङ गोदारले कुष्ठरोगप्रतिको नकारात्कम धारणा हटाउन रोग केहो,