अण्डा उत्पादक संघमा कँडेल

अण्डा उत्पादक संघमा कँडेल


देशभरि कुखुरापालन गरी अण्डा उत्पादन गर्ने कृषक र बिक्री गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वाचित भएका छन् ।

यसअघिको कार्यसमितिका महासचिब कँडेललाई यहाँ सम्पन्न समितिको १४औं साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा प्रवीण केसी, किरण भुषण ओली, इन्द्रलाल श्रेष्ठ, चन्द्रमायाँ क्षेत्री, भरत कार्की, अञ्जनकुमार पौडेल, घुम्मन चौधरी, जनार्दन अधिकारी, माधवप्रसाद अर्याल, सुदर्शन आचार्य र गोकुलनाथ पौडेल निर्वा्चित हुनुभएको छ । राससका अनुसार बन्द सत्रले सबै कार्यसमिति निर्विरोध चयन गरेको हो । संघमा देशभरका ७०० किसान आबद्ध रहेका छन् ।