राजकुमारलाई अश्लील फिल्मको प्रस्ताव

राजकुमारलाई अश्लील फिल्मको प्रस्ताव


ब्रिटेनका राजकुमार ह्यारीलाई अश्लील फिल्ममा काम गर्न कथित रुपमा एक करोड डलरको अफर गरिएको छ । टीएमजेड अनलाइन खबरले जनाएअनुसार ‘द ट्रवल विद ह्यारी’ नामक एक अश्लील फिल्ममा प्रमुख पात्रका रुपमा अभिनय गर्न प्रिन्स ह्यारीलाई त्यस्तो प्रस्ताव गरिएको हो ।
विविड इन्टरटेनमेन्टका स्टिभ हिर्सले लन्डनस्थित राजदरबारलाई एक पत्र पठाएर ह्यारीका लागि आफ्नोतर्फबाट गरिएको प्रस्तावको पूूरै विवरण पेस गरेका छन् । स्टिभले पत्रमा लेखेका छन्, ‘हामी तपाईंलाई यस कुरामा भरोसा दिलाउन चाहन्छौँ कि पटकथा अत्यन्त सुन्दर ढङ्गमा लेखिनेछ र कुनै पनि प्रकारले ताजमाथि आँच पुग्ने काम गरिने छैन ।’ विचारणीय छ कि हालै विभिन्न अनलाइनमार्फत २७ वर्षीय ह्यारीको एक निर्वस्त्र तस्बिर प्रकाशित भएपछि अनेक विवादले जन्म लिन पुगेको छ । बेलायती राजपरिवारले उनलाई यस विषयमा निकै फटकार लगाएको छ भने सार्वजनिक रुपमा ह्यारीले माफी माग्नुपर्नेसम्मका आवाज पनि उठेका छन् ।
जल उत्सवमा महिलामाथि यौन हिंसा
चीनको हेनान प्रान्तस्थित एक टापुमा आयोजित स्थानीय जल उत्सवको क्रममा कैयन महिलामाथि यौनजन्य हिंसात्मक व्यवहार गरिएको समाचार प्रकाशमा आएपछि खल्बली मच्चिएको चिनियाँ मिडियाले जनाएका छन् । चिनियाँ भ्यालेन्टाइन दिवसका अवसरमा आयोजित सो उत्सवमा सहभागी भई पानीमा डुबुल्की मारिरहेका महिलाको कपडा यौनपिपासु पुरुषहरूद्वारा च्यातिएका र शरीरमा जथाभावी हात हाल्ने, सुमसुम्याउने क्रियाकलाप गरी यौनशोषण गरिएको पछि मात्र खुलासा हुन पुगेको समाचारमा जनाइएको छ । स्वायत्त क्षेत्र बाओटिङ ली, क्वसियान र मियाओमा मनाइएको उक्त जल उत्सवमा ठूलो सङ्ख्यामा विदेशी पर्यटक पनि सहभागी थिए भने केही व्यक्तिले स्विमिङ कस्टममा सजिएका युवती देखेर मन थाम्न नसकी यौन हमला गरेका थिए ।
पाउडर चाट्नुस् भोक मेट्नुस
छिनछिनमा भोक लागिरहने समस्याबाट दिक्क भएकाहरूलाई खुसीको खबर छ । पटक–पटक खानुपर्ने तर शरीरको तौल पनि नबढोस् भन्ने चाहनेहरूका लागि वैज्ञानिकहरूले एक यस्तो ‘डाइट पाउडर’ तयार गरिरहेका छन् जसमा थोरै दही मिसाएर एक–दुई चम्चा मात्र चाटे पनि पेट भरिएको अनुभूति हुन पुग्छ । उक्त पाउडर सेवन गरेपछि एक त निकैबेर भोकको अनुभूति नै हुँदैन, अर्को पक्ष यो छ कि धेरै खाना खानुपर्ने व्यक्तिले पनि कम खानामा चित्त बुझाउन सक्छ । जर्मन फर्म डाउ बुल्फ सेल्युलोसिक्सका शोधकर्ताहरूले पत्ता लगाएको सैटिसफिट–एलटीजी नामक उक्त पाउडर सेवन गरेपश्चात् खाना खाँदा १३ प्रतिशत कम क्यालोरी शरीरले ग्रहण गर्ने पाइयो । थोरै खाएर भोक मेट्न चाहनेका लागि उक्त डाइटिङ पाउडर उपयोगी हुने शोधको नेतृत्व गरेका डाक्टर कार्सटन हटरमेनको दाबी छ ।
स्वस्थ बच्चा चाहनेले रक्सी छोड्नु आवश्यक
सुखद वैवाहिक जीवनका साथ स्वस्थ तथा सुन्दर बच्चा जन्माउने हरेक महिलाको चाहना हुन्छ । तर, कतिपय अवस्थामा लापरबाहीका कारण यस्तो अभिलाषामाथि तुषारापात हुने खतरा रहन्छ । जो महिला स्वस्थ सन्तानको आकाङ्क्षा राख्छिन् तिनले गर्भावस्थाको दौरानमा मदिरासँग पूरै दूरी बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । शोधमा यो पाइयो कि गर्भावस्थाको दौरान प्रतिदिन अत्यधिक मात्रामा मदिरा सेवन गर्ने महिलाका बच्चाको विकास सुस्त र कम हुने गर्छ । हार्वर्ड मेडिकल स्कुलका वैज्ञानिकहरूले एक ताजा अध्ययनबाट पत्ता लगाएअनुसार प्रतिदिन तीन युनिटसम्म मदिरा पिउने महिलाको बच्चाको लम्बाइ कम मदिरा पिउने या पिउँदै नपिउने महिलाका बच्चाको तुलनामा कम हुने गर्छ ।
अध्ययनमा पाइएअनुसार मदिराको प्रभाव बच्चाको आयुमा पनि पर्ने गर्छ । अनुसन्धानकर्ताहरूले आफ्नो यस अध्ययनअन्तर्गत यस्ता ८५ गर्भवती महिलाको समूहपरीक्षण गरे जो प्रतिदिन कम्तीमा पनि अढाइ सय मिलिलिटर मदिरा सेवन गर्ने गर्थे । महिलाको सो समूहको तुलना ६३ यस्ता गर्भवती महिलासँग गरियो जो या त मदिरा नै पिउँदैनथे या कम पिउँथे । अध्ययनको नेतृत्व गरेका डा. रवर्ट कार्टरले धेरै मदिरा पिउने महिलाबाट जन्मने सन्तानको तौल, लम्बाइ र शिरको परिधि पनि कम या सानो हुने दाबी गरे ।