२० लाखसहित सस्तोमा सुन बेच्ने पक्राउ

२० लाखसहित सस्तोमा सुन बेच्ने पक्राउ


सस्तोमा सुन बिक्रि गरि ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले दाङका नरेन्द्र महरा, ललितपुरका इन्द्रसिंह धामी, दार्चुलाका भुपेन्द्रसिंह धामी र चितवनमा भारत बिलाश पराजुलीलाई पक्राउ गरेको हो ।

उनीहरुले एक व्यक्तिलाई सस्तोमा सुन बेच्ने भन्दै २० लाख रुपैयाँ लिएका थिए। पैसा लिएपछि फरार भएका उनीहरुलाई २० लाख ५० हजार पैसासहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनीहरु रेडपण्डाको छालाको समेत कारोबारमा संलग्न रहेको खुलेको छ । उनीहरुबाट प्रहरीले रेडपण्डाको छाला पनि बरामद गरेको छ ।

उनीहरुको बा ११ च ७६४२ नम्बरको कार पनि प्रहरीले बरामद गरेको छ ।