महिला हिंसाविरुद्ध सेल्फ डिफेन्स तालिम

महिला हिंसाविरुद्ध सेल्फ डिफेन्स तालिम


काठमाडौं जिल्ला खेलकुद विकास समिति, मदन भण्डारी स्पोर्टस एकेडेमी र काठमाडौं जिल्ला मार्शल सेल्फ डिफेन्स संघको संयुक्त आयोजनामा सञ्चालित ७ हप्ते महिला हिंसाविरुद्ध जनचेतना तथा आत्मरक्षा तालिमको कामपा वडा नं.९ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठवाट अंकुर विद्याश्रममा उदघाटन भएको छ ।

कार्यक्रमका अतिथि टेकराज अधिकारी वडा नं. ९ का सदस्य, प्रकाशकुमार भट्टराई के.एम.सी. हस्पिटलका व्यवस्थापक, अंकुर विद्या आश्रामका व्यावस्थापक ऋचा खरेल (सापकोटा), गौशाला प्रहरी वृत्तका प्रतिनिधि पूजा पन्त, कार्यक्रमको सभापति काठमाडौं जिल्ला मार्शल सेल्फ डिफेन्स संघका अध्यक्ष सज्जु श्रेष्ठले गरेका थिए ।

विभिन्न क्षेत्रका १०० जना प्रशिक्षार्थीको सहभागिता रहेको सेल्फ डिफेन्स संघका सचिव तिलक घिमिरेले जनाएका छन् । नेपाल मार्शल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सन्जु महर्जनले प्रशिक्षण गर्ने जानकारी गराइएको छ ।