ग्राहक ठग्ने सहकारी अध्यक्ष पक्राउ

ग्राहक ठग्ने सहकारी अध्यक्ष पक्राउ


साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मुकुन्दले सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

दुई सयभन्दा बढी व्यक्तिको एक करोड १९ लाख ठगी गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार क्षेत्रीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उजुर परेको भन्दा धेरै रकम उनले ठगी गरेको हुनसक्ने देखाएको छ । साइरीयस सहकारी संस्थाका अध्यक्ष र साइरीयस कलेजका पूर्वअध्यक्ष रहेका श्रेष्ठले कलंकी, रामकोटलगायतका क्षेत्रका बासिन्दाको रकम ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

ुसहकारीमा शेयर रकम र दैनिक बचत रकम भन्दै उठाएको रकम उनले आफुखुशी खर्च गरेको देखिएको र यसबारे अनुसन्धान भइरहेको नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए । बताइएअनुसार आफन्तलाई नै सञ्चालक राखेर उनले सहकारी स्थापना गरेका थिए ।