मौषमविद् भन्छन्- सोमबार र मंगलबार काठमाडौंमा घाम लाग्दैन

मौषमविद् भन्छन्- सोमबार र मंगलबार काठमाडौंमा घाम लाग्दैन


सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागको मौसम केही जाडो भएको जस्तो अनुभुति भएको छ । बिहानैदेखि मौषम धुम्म भएर बसेको छ ।

मौषमविद्का अनुसार काठमाडौंमा २ दिनसम्म घाम नलाग्ने र देशको पहाडी क्षेत्रमा फाटफुट रुपमा पानी पर्न सक्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझपख मात्रै मौसममा सामान्य सुधार आउन सक्ने सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रमा सामान्य बर्षा र उच्च हिमाली भेगहरुमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
यसैका कारण हिमाली जिल्ला मनाङमा सोमबार बिहानैदेखि हिमपात पर्न थालेको छ । स्थानिय याङडुङ गुरुङले घटना र बिचारसँग भने, ‘मनाङमा ५ इञ्च हिउँ परिसकेको छ । हिमपातसँगै जाडो पनि बढेको छ ।’