भारतीय सेना प्रमुख आज नेपाल आउँदै

भारतीय सेना प्रमुख आज नेपाल आउँदै


भारतीय सेना प्रमुख आज नेपाल आउने भएका छन् । भारतीय स्थल सेना प्रमुख विपिन राउत नेपाल एकीकरणको २ सय ५० औं वर्षगाँठ मनाउने क्रममा मंगलबार गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल आउन लागेका हुन ।

नेपाली सेना र भारतीय सेनाबीचको सम्बन्ध विगतदेखि नै प्रगाढ रहँदै आएको छ । राउत नेपाली सेनाका मानार्थ सेनापतिसमेत हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राउतलाई ०७३ चैत १६ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन । राउतले काठमाडौं रहँदा उच्च राजनीतिक भेटघाटसमेत गर्ने छन ।