‘पश्चिम क्षेत्रका डीआईजी राजेन्द्रसिंह भण्डारीलाई अकुत सम्पत्तिमा अख्तियारले छानबिन सुरु गरेको कुरा थाहा पाउनुभयो ?’
यस प्रश्नले अहिले बजार पाएको छ । तर भण्डारीमाथिको कारबाहीमा कोही प्रहरीहरू दु:खी देखिँदैनन्, आखिर किन ? एक प्रहरीका साथी आपत्विपतमा पर्दा अर्को प्रहरीले भाइचाराका हिसाबले पनि चित्त दुखाउनुपर्ने हो । तर, भण्डारीको हकमा प्रहरीभित्र यो चित्तदुखाइ छैन, आखिर किन ? म यो प्रश्नको जवाफ खोज्दै छु र भण्डारी प्रहरी सङ्गठनभित्र यतिसम्म अलोकप्रिय हुनुको कारण पहिल्याउन कोसिस गर्दै छु ।
राजेन्द्रसिंह भण्डारीलाई प्रहरी बनाउने प्रमुख प्रशिक्षक म आपंैm थिएँ । कहिलेकाहीँ आजभोलि देखिने भण्डारीको छुद्रपन देख्दा मलाई लाग्छ सायद हामीले नै राम्रोसँग उनलाई तालिम र संस्कार प्रदान गर्न सकेनौँ कि ? तर, त्यो पनि यथार्थ थिएन । गहिराइमा पुगेर बुभ्mने हो भने यी व्यक्ति आज भ्रष्ट, षड्यन्त्रकारी र बद्मास प्रकृतिको कहलिनुमा हामीजस्ता प्रहरी प्रशिक्षकको गल्ती थिएन, गल्ती थियो यिनलाई प्रहरीमा ल्याउने व्यक्तिहरूको । यिनलाई प्रहरीमा ल्याउने आईजी हेमबहादुर सिंह र रणबहादुर चन्द थिए जो प्रहरीभित्र सबैभन्दा षड्यन्त्रकारी अधिकृतका रूपमा चिनिन्छन् । हेमबहादुर र रणबहादुरले नै तत्कालीन दरबारमा अधिराजकुमार धीरेन्द्रले राखेको केटीकाण्ड भजाएर रणबहादुरलाई प्रहरी प्रमुख बनाउन नेपाल प्रहरीका थुप्रै अधिकृतलाई विशेष प्रहरीमा पठाउने, मुद्दा लगाउने र खोस्ने गरेर ०४३ सालतिरै उत्पात मच्चाएका थिए । त्यतिबेला रणबहादुर चन्दले आफू माथि जानका लागि प्रतिद्वन्द्वीहरूलाई सखाप पार्न षड्यन्त्रको मद्धत लिन सकिन्छ भन्ने उदाहरण प्रहरी सङ्गठनसामु प्रस्तुत गरे । धेरै इमानदार प्रहरीहरूलाई विशेष प्रहरीमार्फत झुटो आरोप लगाउँदै फसाउन उनी त्यतिबेला सफल भए । त्यही समयबाट प्रहरीभित्र आप्mना प्रतिद्वन्द्वीलाई भ्रष्टाचार अनुसन्धान गर्ने निकायलाई भ्रममा पारी मुद्दा लगाएर हटाउने षड्यन्त्रको सुरुवात भएको हो । हेमबहादुर र रणबहादुर चन्दपछि त्यो घीनलाग्दो कार्य कसैले गरेका थिएनन् । तर, यसलाई दुर्भाग्य नै भनौँ कि ०५८ सालपछि त्यो बाटोमा राजेन्द्रसिंह भण्डारी हिँड्न पुगे ।
आधारभूत रूपमा राजेन्द्र भण्डारी राम्रै व्यक्ति हुन सक्छन् । तर, उनले माथि जाने उपाय रणबहादुर चन्दसँग सिके । उनी प्रतिद्वन्द्वीलाई मुद्दा लगाई आफ्नो बाटो खुला गर्ने दाउमा रहे । राजा ज्ञानेन्द्रले शरदचन्द्र शाहको ग्राण्डडिजाइनअनुसार प्रजातान्त्रिक नेता र प्रशासकलाई गोप्य सम्पत्ति आयोग गठन गरी अख्तियारमार्पmत भ्रष्टाचारको आरोप लगाउँदै थुन्ने योजना बनाए । त्यस ग्राण्डडिजाइनमा फसाउने अन्तिम लक्ष्य गिरिजाप्रसाद कोइराला थिए तर त्यहाँ हात हाल्नुभन्दा पहिला प्रहरी, अर्थ मन्त्रालय र गिरिजा क्याम्पबाट छुट्टिएको छत्तिसेहरूलाई पहिले हात हाल्ने रणनीति बन्यो । यसै रणनीतिअन्तर्गत चिरञ्जीवी वाग्ले, खुमबहादुर आदि मुद्दामा परे । प्रहरीमा हटाउनुपर्ने लिष्ट बनाउने जिम्मा प्रदीपशमशेर राणाको पालादेखि नै कोसिस भएको हो तर राणाले त्यो षड्यन्त्र बुझी त्यसमा साथ दिनुभएन । त्यसैले पछि यो कामको जिम्मा आईजी श्यामभक्त थापा र एआईजी राजेन्द्रबहादुर सिंहमा आयोे । उनीहरूले प्रहरीमा निर्मलीकरण गर्ने भन्ने रणबहादुरले प्रयोग गरेको शब्द प्रयोग गर्दै दर्जनौँ प्रहरी अधिकृतलाई अख्तियार वा अन्य उपायमार्फत हटाई प्रहरीभित्र एकछत्र राज गर्ने भित्री रणनीति बनाए । दरबारको खोल ओढेर सूर्यनाथलाई बेवकुफ बनाउँदै लक्षित प्रहरी अधिकृत फसाउने जिम्मा श्यामभक्त थापा एन्ड कम्पनीले यिनै राजेन्द्रसिंह भण्डारीलाई दियो ।
दरबारका लागि त्यसबेला काङ्ग्रेस प्रमुख दुश्मन थियो । त्यसैले सूर्यनाथले गिरिजालाई थुन्ने अन्तर्वार्ता दिन थाले । प्रहरीमा झुटा उजुरी बनाउने र अख्तियारबाट कार्यान्वयन गराउने काम राजेन्द्रसिंह भण्डारीमार्पmत गरियो । स्याडिस स्वभावका राजेन्द्रसिंह भण्डारीका नातेदार कान्तिपुर दैनिकसँग सम्बन्धित भएका कारण आप्mनो षड्यन्त्रलाई सफल गर्न सो पत्रिकालाई समेत गुमराहमा पारी समाचार निकाल्न भण्डारी सधंै सफल भए । इतिहासमा कहिल्यै नभएको अख्तियारबाट प्रहरी अधिकृतहरूको घरमा छापा मार्न लगाउने पनि यिनै थिए । यदि राजा ज्ञानेन्द्रविरुद्धको आन्दोलनमा पार्टीहरू एकबद्ध नभएका भए करिब एक हजार राजनीतिज्ञ र प्रशासकहरूलाई नियोजित रूपमा अख्तियारमार्फत फसाउने दरबारको रणनीति सफल हुने निश्चित थियो । जब दरबारको त्यो मिसन लिएर भण्डारी सूर्यनाथनजिक पुगे सूर्यनाथलाई पनि यो मिसन सफल पारेबापत अमेरिकाको राजदूत बनाइने आश्वासन थियो । राजेन्द्रसिंह भण्डारी र सूर्यनाथ दुवै स्याडिस प्रवृत्तिका (अरूले दु:ख पाएको देख्दा खुसी हुने) व्यक्तिहरू भएकोले यिनको जोडी खुब जम्यो र यिनले त्यति नै बेला खुब धन पनि कमाए ।
दरबारको खोल ओडेपछि ज्ञानेन्द्रको शासनमा जे गरे पनि प्रश्न उठाउने कोही थिएनन् । यसको फाइदा लिँदै राजेन्द्रसिंह भण्डारीले प्रहरी कार्यालयबाहिर रहने आप्mना गोप्य दस्ता तयार गरे जसलाई पछि सीबीआई नाम दिन उनी सफल भए । त्यो दस्तानै झुटा उजुरी हाल्न र अख्तियारलाई भ्रममा पार्न र तर्साएर रकम उठाउन त्यतिबेला सक्रिय थियो । जब उनी प्रहरीका महानिरीक्षकलाई पनि सूर्यनाथको आडमा तर्साउन सफल हुन थाले त्यसपछि उनको धुन धन कमाउनेतर्फ मोडियो । उनले ठूला उद्योगपति, व्यापारी र अन्तर्राष्ट्रिय सङ्गठित अपराधीहरूलाई तर्साउँदै यदि पैसा नदिए कारबाही गर्छु भन्दै भित्रभित्रै धम्की दिन थाले । सबैको टेलिफोन ट्याप गर्ने अधिकार दरबार र अख्तियारमार्फत प्राप्त गरेपछि भण्डारीले भीओआईपी कलबाट सञ्चार केन्द्रहरूलाई भएको क्षति रोक्ने नाममा भीओआईपी सञ्चालकहरूलाई ट्रयापमा पारी प्रतिव्यक्ति पचास लाखसम्म उठाउन थाले । जब कलहरू ट्याप गर्ने अधिकार प्राप्त भयो त्यसपछि यिनले शक्तिकेन्द्रहरूमा विरोधीहरूको टेलिफोन सुनाउँदै राजनीतिक नेता, मन्त्रीहरू र उच्च प्रशासकहरूलाई प्रभाव पार्न थाले । प्रहरी सङ्गठनभन्दा बाहिरै अफिस राखेर दस्ता बनाई उजुरी छ भन्दै क्रिकेटका बुगीदेखि लिएर हुण्डीवाला र फरार अपराधीहरूसँग समेत प्रशस्त रकम उठाउन थाले । भारतीय ‘र’ एजेन्टलाई पनि यस्तै मानिसको आवश्यकता थियो, त्यसैले यिनी ‘र’को एजेन्ट बनाइए र पाकिस्तानी एजेन्ट भनिएकाहरूलाई हत्या गराउन मोहराका रूपमा प्रयोग गरिए भन्नेहरू पनि छन् । अत: नेपालभित्र भएको मुस्लिमहरूको हत्यामा भण्डारी संलग्न हुँदै आएको व्यापक चर्चा पत्रपत्रिकामा पहिल्यैदेखि नै चल्दै आएको थियो । स्थिति यस्तोसम्म बन्यो कि दरबारको आडमा सूर्यनाथलाई बेवकुफ बनाउँदै अख्तियारको शक्ति प्रयोग गरेर प्रहरी बलको दुरुपयोग गरी गृहमन्त्री र प्रधानमन्त्रीलाई टेलिफोन ट्याप सुनाउँदै नातेदारको पत्रपत्रिकामा झुटा सूचना प्रकाशित गरी यी व्यक्ति प्रहरीभित्र पनि आप्mना सिनियरहरूलाई उछिन्दै माथि आउन सफल भए । भण्डारीको लक्ष्य माथिकालाई बद्नाम गर्दै, सँगैकालाई भुटा मुद्दा लगाउँदै, प्रतिद्वन्द्वीलाई नजिकको पत्रिकामार्फत विवादमा ल्याउँदै, कमाएको अथाह रकमले प्रहरीमा महानिरीक्षक बन्ने र पैसाकै बलमा अवकाशपश्चात् अख्तियारको आयुक्त भई बाँचुन्जेल सफेदपोस अपराध गरी अथाह धन कमाइनै रहने थियो । तर, भगवान्ले के चाहेका छन् त्यो कुरा आउने दिनले बताउला ।
राजाको शासन गएपछि आईजीपी ओमविक्रम राणाले यिनलाई त्यो गोप्य दस्ताबाट जुम्ला सरुवा गरिदिए । जुम्ला पुग्दा अथाह पैसा कमाई सबैलाई षड्यन्त्रमा पार्ने जीवनचर्या भएका भण्डारी चुप लागेर बस्न सक्ने कुरा थिएन । जब सुदूरपश्चिमका रमेश चन्द आईजीपी भए त्यसपछि पुन: उनी गोप्य दस्तामा फर्कन सफल भए र ओमविक्रम राणालाई त्यही रिसमा सुडान काण्डमा षड्यन्त्रमूलक ढङ्गले फसाउन अघि बढे । त्यतिबेला पनि उनले त्यही घानमा आप्mना समूहका साथीभाइहरूलाई समेत अख्तियारमार्फत मुद्दा दर्ता गराई बद्नाम गर्न सफल भए । रमेश चन्दको पालाभरि भण्डारी सीबीआई भन्ने प्रहरी ऐनमै नभएको दस्ता प्रहरी प्रधान कार्यालयमा स्थापना गरी पुन: बाहिर–बाहिर पैसा उठाउन ‘र’को काम गर्न सक्रिय भए । ०६८ सालसम्म आइपुग्दा उनमा यति धेरै पैसा र हौसला बढिसकेको थियो कि उनले आगामी एआईजीहरूको पदोन्नतिमा चौध महिना सिनियरहरूलाई उछिनेर त्यस पदमा पुग्ने सपना देख्न थाले । घमण्ड यति बढिसकेको थियो कि उनको क्षेत्रमा एआईजी जाँदा पनि भेट्नसम्म आउँदैनथे । आफूलाई पुलिसको महान् अधिकृत ठान्ने उनको भ्रम निकै बढिसकेको थियो । त्यसैले यसैपालि एआईजी बन्ने मिसनमा उनी पोखराबाट काठमाडौं आएर यहाँ अरू सबै अधिकृत भ्रष्ट र नालायक छन् म मात्र काविल छु भन्ने भ्रम छरिरहेका थिए । यो सब दृश्य देखिरहेका हजारौँ प्रहरीले जब एक्कसि राजेन्द्रसिंह भण्डारीमाथि अकुत सम्पत्ति कमाएको अनुसन्धान अख्तियारले सुरु गरेको थाहा पाए त्यसपछि एकले अर्काेलाई यो सूचना सुखद ढङ्गले सुनाउने होड नै चलेछ । अब प्रहरीहरूको एउटै भनाइ सुनिन्छ– अख्तियारलाई धेरै दिन बेवकुफ बनाउन गाह्रै पर्दोरहेछ ।
अब राजेन्द्र भण्डारीको वास्तविकता बाहिर आउला । एउटा सुदूरपश्चिमको डाँडामा जन्मिएर काठमाडौंका डेरामा बस्ने भण्डारीको आर्थिक औकात यहाँसम्म आज कसरी पुग्यो ? अख्तियारले यो प्रश्नको जवाफ पक्कै खोतल्ला । त्यस समयका सूर्यनाथले पनि भण्डारीको यथार्थ चरित्र बुभ्mने मौका पाउलान् । राजेन्द्र भण्डारीले चलाएका गोप्य दस्ताहरूमा काम गर्ने कर्मचारीहरूको पनि आर्थिक हैसियत अख्तियारबाट छानबिन होला ? जे होस्, ढिलै भए पनि राजेन्द्रसिंह भण्डारीमाथिको अकुत आर्जनको छानबिन अख्तियारले अघि बढाएको सही अनुसन्धान हो भन्ने नै प्रहरी धेरै छन् । भण्डारीे जहिले पनि प्रहरीका तल्ला कर्मचारीलाई साना साना गल्तीहरूमा जागिर खोस्दै आफ्ना सफेदपोस अपराधहरू लुकाउन र समाजमा इमानदार भएको प्रमाण देखाउन सफल नै भइरहेका थिए । तर, त्यो रणनीतिको पनि एक दिन त अन्त्य हुनु नै थियो । सायद त्यो अन्त आएजस्तो छ ।
यद्यपि आफ्नै चेला रहेका भण्डारीका सम्बन्धमा कुनै नराम्रा कुरा लेख्नुपर्दा मेरो कलम खुसी छैन । अख्तियारको अनुसन्धानले उनी चोखो ठहरिएमा मलाई खुसी नै लाग्नेछ किनकि भण्डारी एक प्रहरी मात्र नभएर मैले काम गरेको पूरै प्रहरी सङ्गठनको इज्जतसँग जोडिएका छन् । उनले अल्पज्ञान, घमण्ड, लोप र उच्च महत्वाकाङ्क्षाका कारण प्रहरी सङ्गठनको मानमर्दन गर्न जतिसुकै अक्षम्य अपराध गरेका भए पनि जिम्मेवार बहालवाला वा भूतपूर्व प्रहरीहरू प्रहरी सङ्गठनको लाज बचाउन सधैँ नै क्रियाशील रहिरहने छन् । सबै प्रहरीहरूको अहिले एउटै भनाइ छ– भण्डारी अहिले जुन खाडलमा परेका छन् त्यो खाडललाई खन्ने पनि यिनै थिए ।
प्रतिक्रिया