ज्युँदै जलाइएकी फातिमाको मृत्यु

ज्युँदै जलाइएकी फातिमाको मृत्यु


शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना गरिएकी एक युवतीको मृत्यु भएको छ । धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि उनकै श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए ।

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । फातिमाको उपचार हुँदै गर्दा आज मृत्यु भएको हो ।