प्रतिनिधिसभा सदस्यले जग्गा प्लटिङ गरी बेच्न नपाएपछि…

प्रतिनिधिसभा सदस्यले जग्गा प्लटिङ गरी बेच्न नपाएपछि…


रुपन्देही । नेपालमा खेतियोग्य जमिन प्लटिङ गरी घडेरी बनाएर बेच्ने चलन धेरै पहिलेदेखि नै रहेको छ । किसानलाई केही रुपैयाँ दिएर खेत किन्छन् र त्यसलाई माटो पट्टाएर भारी मुल्यमा बेच्ने गर्छन् जग्गा ब्यापारीहरु । नेपाल सरकारले करिव एक वर्ष अगाडि देखि जग्गा जमिनको कित्ताकाट रोकेको थियो । जसको कारण जग्गा ब्यापारीको प्लटिङ गर्ने कार्य नै ठप्प भएको छ ।

यसैको विरोधमा आइतबार भैरहवाको नापी कार्यालय अगाडि अनौठो किसिमको आन्दोलन भयो । जसको माग थियो कित्ताकाट रोक्ने निर्णय खारेज गर । जग्गा कित्ताकाट पीडित संर्घष समिति रुपन्देही नाम लेखीएको ब्यानरमा रुपन्देही ४ बाट निर्वा्चित नेपाली कांग्रेसका नेता प्रमोद यादव नै विरोध गर्दै गरेको स्थितिमा देखिए । यसरी प्रतिनिधिसभा सदस्य खुल्ला रुपमा मधेसको खेतियोग्य जमिन प्लटिङ गरि बेचबिखन गर्नुपर्छ भन्दै विरोध गरेको राम्रो होइन ।

उनी निर्वाचित रुपन्देहीको मर्चवार कृषिको लागि पकेट क्षेत्र मानिन्छ तर त्यस क्षेत्रबाट निर्वाचित सांसद नै खेतियोग्य जमिन प्लटिङ गर िबेच्न पाउनुपर्छ भन्दै आन्दोलनमै होमिएको देख्दा मर्चवारको भविष्य नै अन्योलमा परेको छ ।

त्यसैगरि रुपन्देही क्षेत्र नं ३ को ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोष पाण्डे पनि कित्ताकट खारेज गर भनेर यसै आन्दोलनमा उत्रिएका छन् । उनले जितेको क्षेत्रमा रुपन्देहीको सदरमुकाम भैरहवा पनि पर्दछ । भैरहवा क्षेत्रको समस्या सुल्झाउन छोडेर उनि जग्गा दलालको आन्दोलनमा होमिएका छन् । जग्गा कित्ताकट रोकिएर किसानको छोराछोरी विदेश जान नपाएको, बिहे गर्न नसकेको नाजायज कारण देखाउँदै यसरी आन्दोलन गरेका छन्, निर्वाचित जनप्रतिनिधि नै ।

रुपन्देही जस्तो मधेसको धेरै क्षेत्रमा प्लटिङले खेतियोग्य जग्गाजमिन नै नास गरेपछि सरकारले कित्ताकट रोकेको हो । कुनैबेला यही रुपन्देही जिल्ला खेतिकिसानीको लागि नेपालमै परिचित थियो तर अहिले यही रुपन्देही जिल्ला जग्गा ब्यवसायको लागि परिचित छ । रुपन्देहीको प्लटिङ ब्यवसाय राष्ट्रमै सुपरिचित छ र यहाँको हरेक राजनितिक पार्टीका जिल्ला कमिटी नै जग्गा दलालहरुले भरिएको छ । त्यसैगर िरुपन्देहीका धेरै जन निर्वाचित जनप्रतिनिधिहरु पनि सुपरिचित जग्गा ब्यापारी नै छन् ।