रात, नेपाल र पात्रहरू-देवप्रकाश त्रिपाठी

रात, नेपाल र पात्रहरू-देवप्रकाश त्रिपाठी


सामान्यतया दिन मानिसको चाहना हो भने रात बाध्यता । यद्यपि मानिस रातको प्रतीक्षा नै गर्दैनन् भन्नेचाहि“ होइन । अरूले नदेख्ने गरी या थाहा नपाउने गरी गर्नुपर्ने कार्यका निम्ति मानिस रातको प्रतीक्षा गर्छन् । चोरी, डकैती या अन्य कुनै पनि अपराधकर्मका लागि रात उत्तम समय मानिन्छ, रातलाई भूतपे्रतहरूको साथ हुने विश्वास पनि गरिन्छ । यस कारणले रात उत्तम मानिन्छ कि त्यहा“ उज्यालो कम अ“ध्यारोको मात्रा ज्यादा हुन्छ । हरेक अ“ध्यारो रात होइन, तर हरेक रात अ“ध्यारो हुन्छ यो सत्य हो । रातलाई कुनै पनि शुभ र सकारात्मक कार्यका निम्ति उपयुक्त मानि“दैन । सकारात्मक कार्य गर्नेहरू सगौरव प्रभातकाल या दिनलाई रोज्छन् र सबैका अघिल्तिर आफ्नो पौरख प्रस्तुत गर्ने इच्छा राख्छन् । तर, नेपालमा के भएर हो कुन्नि हरेक महत्त्वपूर्ण र विशेष घटना रातको समयमा भएका छन् । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको उचाइ काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर प्राप्त गरेका थिए, जुन विजय रातको समयमा भएको थियो । रातिकै समय पारेर गरिएको भए पनि नेपालको एकीकरण हुनुलाई अत्यन्त शुभ कर्मका रूपमा लिइन्छ । तर, त्यसयता नेपालमा जति पनि ऐतिहासिक घटना भएका छन् तीमध्ये अधिकांश रातिकै समयमा परेका छन् । पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहमाथि शेरबहादुर शाहीले रातिको समय पारेर तरबार प्रहार गरी हत्या गरेका थिए । रातको अन्धकारमा भएको सोही घटनाले भीमसेन थापाको अधिनायकवादी शासन स्थापित गर्ने आधार खडा गरेको थियो । थापाहरूलाई चुनौती दिनसक्ने ठानिएका दामोदर पा“डे तथा रणजंग पा“डेहरूलाई सिध्याउन पनि भीमसेनले रातकै सहारा लिएका थिए । त्यसको चिनो भद्रकाली मन्दिर परिसरमा अझै छ“दै छ । भीमसेनको शासनकालभरि सत्ता स्थायित्वका निम्ति सङ्घर्ष चलिरह्यो र त्यस निम्ति सयौं रात खर्च भएका थिए । वि.सं. १९०३ मा जंगबहादुर राणाले आफूलाई सत्ताको केन्द्रबिन्दुमा पुर्‍याउन पनि रातकै सहारा लिए । कोतपर्व, जसलाई नेपालमा एउटा अशुभ दिनका रूपमा लिइन्छ, त्यस रातबाट जंगबहादुर शक्तिशाली हुन पुगेका थिए भने त्यस्तै अर्को एउटा रात ‘भण्डारखाल पर्व’ले उनको सत्ता दर्बिलो बनाउन मुख्य सहयोग पुर्‍याएको थियो । पछि धीरशमशेरका छोराहरू -वीरशमशेर आदि) ले शासन हत्याउन पनि रातलाई नै उपयुक्त ठहर गरेका थिए । वि.सं. १९४२ मा नारायणहिटी दरबारमा रणोद्वीप सिंहको हत्या रातको समयमा भएको थियो । जुन रातको घटनाले जंगबहादुरद्वारा स्थापित परम्परा र शक्तिलाई ध्वंश तुल्याई शमशेर खलकलाई बलियो तुल्याएको थियो । रणोद्वीपको हत्यापश्चात् जंगबहादुरका छोराहरू जगतजंग र जितजंग आदिलाई समेत भौतिक रूपमै सिध्याइएको थियो ।
२००७ सालको क्रान्ति नया“दिल्ली हु“दै नेपाल भित्रिएको हु“दा रात या दिन छुट्याउन नमिल्ने गरी सम्पन्न भएको मान्नुपर्छ । ०१७ साल पुस एक गतेको घटना गराउनुअघि तात्कालिक राजा महेन्द्रले षड्यन्त्रमा अनेकौं रात खर्च गरेका थिए । ०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाको निमित्त राजा वीरेन्द्र र दलका नेताहरूबीच मध्येरातमा सम्झौता भएको थियो । ०५८ सालमा राजदरबार हत्याकाण्ड पनि
रातमै भएको थियो भने ०५९ साल जेठमा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को विघटन पनि रातिकै समय पारेर गरेका थिए । त्यस्तै, ०६३ मा प्रजातन्त्र पुनर्स्थापनको घोषणा रातको समयमा गरिएको थियो भने ०६३ असार २ गते तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच भएको विवादास्पद आठबु“दे सम्झौता पनि राति नै भएको थियो । माओवादी र राज्यबीच ०६३ मा बृहत् शान्ति सम्झौता पनि रातकै समयमा गरिएको थियो । त्यसैगरी ०६५ जेठ १५ गतेको गणतन्त्र घोषणा राति भएको थियो भने ०६७ जेठ १४ गते कार्यकाल समाप्त भइसकेको संविधानसभाको एक वर्ष कार्यकाल थप थर्ने कार्य पनि मध्येरातकै समयमा भएको थियो । यसरी नेपालको इतिहासलाई प्रभावित गर्ने किसिमका अधिकांश घटना रातको समयमा हु“दै आएको तथ्यहरूले दर्शाउ“दछ । राम्रो कार्य गर्न रात रोजि“दैन र राति गरिने कार्य सामान्यतया राम्रो हु“दैन भन्ने सिद्धान्तलाई स्वीकार गर्ने हो भने नेपाली राजनीति अहिलेसम्म जालझेल, षड्यन्त्र र छलकपटबाट मुक्त हुन सकेको छैन भनेर बुझनुपर्ने हुन्छ । सुगौली सन्धि, ०१७ पुस १ मा राजा महेन्द्र र ०६१ माघ १९ मा राजा ज्ञानेन्द्रबाट भएका शाही घोषणा दिनको उज्यालोमा भएको भए तापनि तीनवटै घटनालाई नेपाली इतिहासको अ“ध्यारो पाटोका रूपमा लिइन्छ । होइन भने अधिकांश घटना रातमै भएका छन् र हरेक घटना षड्यन्त्र, छलकपट र जालासाजीको परिणामका रूपमा प्रकट भएका छन् ।
पछिल्लो कालखण्डमा जे भइरहेको छ त्यसमा शान्ति र संविधानको निहितार्थ जोडिएको छ, अब जे हुन गइरहेको छ त्यो पनि शान्ति र संविधानकै नाममा हुनेवाला छ । ‘शान्ति र संविधान नेपाली जनताको उत्कट चाहना’लाई मुखौटो बनाएर दानवी क्रियाकलापमा खास-खास दलहरू जसरी क्रियाशील भइरहेका छन् यसले नेपालमा शान्ति बहाल नहुने, संविधान प्राप्त नहुने र भए पनि लोकतान्त्रिक चरित्रको संविधान उपलब्ध हुन नसक्नेचाहि“ निश्चित गराएको छ । जे हुने हो त्यो या त रातमा हुने या दिउ“सै रात पार्ने गरी गरिने परम्पराबाट नेपाली राजनीति मुक्त हुन सकेको छैन र मुक्त हुन खोजिरहेको पनि देखि“दैन । सत्ताकेन्द्रित राजनीति राजेन्द्रलक्ष्मी र बहादुर शाहको पालादेखि नै नेपालमा घनीभूत भएको हो । आज करिब दुई सय तीस वर्षपछि पनि नेपाली राजनीति र्सर्ूयको वरिपरि अन्य ग्रहहरूले चक्कर लगाएझैं सत्तालाई नै केन्द्रबिन्दुमा राखेर गरि“दै छ । जबसम्म सत्ताकेन्द्रित राजनीति चलिरहन्छ, तबसम्म जालझेल, तिकडम र छलकपटले विश्राम लिने आशा गर्न सकि“दैन । पात्रहरू प्रधानमन्त्री र मन्त्री बन्न षड्यन्त्रको सहारा लिन्छन्, पद प्राप्त गरेपछि त्यसैमा टिकिरहन पनि छलकपट र षड्यन्त्रमै आधारित क्रियाकर्म गर्छन् भने यस मुलुकमा समृद्धिमुखी, सकारात्मक राजनीति आरम्भ हुने आशा गर्नु र्व्यर्थ छ । रणबहादुर शाह, भीमसेन थापा र वीरशमशेर हु“दै प्रचण्डसम्मको इतिहास केलाउ“दा नेपाली राजनीतिमा पात्र र शैली परिवर्तन भए पनि प्रवृत्ति अविच्छिन्न रूपले एउटै रहेको निष्कर्ष निकाल्न सकिन्छ । कैयन सामाजिक मुद्दाहरू युगअनुकूल छैनन्, अर्थतन्त्रमुखी सोच प्रादर्ुभाव हुन सकेको छैन, कुरा सधैं आदर्शका हुन्छन् व्यवहारचाहि“ आदर्शस“ग कहिल्यै भेट हुन नसकिने दूरीको छ । राजनीतिका लागि राजनीति गर्ने क्रम बढ्दो छ, अरूमाथि आधिपत्य जमाउनुलाई विजयी ठान्ने जङ्गली सोच नेपाली राजनीतिकर्मीहरूमा व्याप्त छ । जबसम्म राजनीतिकर्मीहरूको सोच, चिन्तन र व्यवहार बदल्न सकिन्न तबसम्म देश बदल्ने कुरा हावादारी गफको खेतीबाहेक केही हुनेछैन । औपचारिक शिक्षा आर्जन गर्नबाट वञ्चित या शिक्षा ग्रहण गर्न असफल भएकाहरू, व्यवहार व्यवसाय गर्न पु“जी नभएका या त्यसनिम्ति बैंक र लगानीकर्ताको विश्वास आर्जन गर्न नसकेकाहरू, कुनै पनि संस्था, सरकारी निकाय वा अन्यत्र ‘जब्’का लागि लिने हरेक परीक्षामा सामेल हुन अयोग्य या सामेल भएर पनि असफल भएकाहरूको ठूलो जमातलाई अगुवा बनाएर हामी देशलाई समृद्ध र सफल बनाउने सपना देख्दै छौ“ भने दोष हामी जनताको पनि छ । जीवनको हरेक पहलुमा असफल मानिसबाट देश सफल हुने आशा गर्नु भनेको हामी आशावादीहरूको आफ्नै योग्यता पनि कमजोर छ भनेर प्रमाणित गर्नु हो । राजनीतिकर्मीहरूको सोच बदल्न सकि“दैन भने राजनीतिकर्मी नै बदल्ने हिम्मत जुटाउनु वाञ्छनीय छ । यी दुवै कार्य गर्न सकि“दैन भने अ“ध्यारा कुनाहरूमा दुई-चार पात्रहरूले रचेको षड्यन्त्र र छलकपटको सिकार भइरहन तयार हुनुको विकल्प नेपाली जनतास“ग अब रहेन, परमेश्वरले हामी सबै नेपालीलाई दु:ख, कष्ट र हैरानी सहनसक्ने क्षमता प्रदान गरिरहून् अहिलेलाई यति नै भन्न सकिन्छ ।