ईलाम सोसाइटी यूकेको बार्षिक जमघट

ईलाम सोसाइटी यूकेको बार्षिक जमघट


बेलायत । गत २० अगस्ट, शनिवार, हाकिन्ज कम्युनिटी हल, केन्टमा आयोजित ईलाम सोसाइटी यूकेको बार्षिक जमघट कार्यक्रम अत्यन्तै भव्यताको साथ सम्पन्न भयो । बेलायतको लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ईलाम सोसाइटीका अध्यक्ष रमेश गुरुङ एवंम प्रमुख अतिथिद्वारा पानसमा दियो बालेर कार्यक्रम समुदघाटन गरिएको थियो । राष्ट्रिय गानपछि सोसाइटीका उपाद्ध्यक्ष एवं उक्त कार्यक्रम संयोजक राजेन्द्र कुमार राई ज्यूले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा बेलायतवासी ईलामे नानीहरु जसले स्कुल, कलेज र युनिवर्सिटीमा राम्रो अंक ल्याएर सफल हुने अनि विभिन्न शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने नानीहरुलाई प्रमुख अतिथि महामहिम राजदूत डा. सुरेश चन्द्र चालिसेद्वारा बधाई अनि शुभकामनाको प्रमाणपत्र हस्तान्तरण गर्नुगरिएकोथियो, जसमा हाल वेम्बली लण्डनमा बसोबास गर्दै आएका पूर्ण राई अनि श्रीमती उर्मिला राईकी सुपुत्री सुश्री बर्षा राईलाई काठमाण्डौ मेडिकल कलेजबाट एम बी बी एस उतिर्ण भई डक्टरको उपाधी प्राप्त गरेकीमा अनि अन्य नानीहरु जसले जी सी एस सी र ए लेवलमा सर्वाधिक ए स्टार ल्याउन सफल भएका नानीहरु प्रतीक गुरुङ, प्रियाशिका गिरी अनि अर्जुन लिम्बु थिए ।त्यसपछि नेपालमा श्रीमानको भवितब्य परी असामयिक निधन भएपश्चात आफ्नो ३ जना साना नानीहरुलाई यू केमा पाएको अधिकारस्वरुप प्रतिस्थापनको निम्ति ल्याउन ईलाम सोसाइटीलाई आग्रह गर्ने श्रीमती बिनु सुब्बा राईलाई ईलाम सोसाइटीका यही बेलायत र ब्रुनाईमा रहेका सदस्यहरुद्वारा सहयोगार्थ उठेको रकम जम्मा £२८४९.०३ ईलाम सोसाइटीका अद्ध्यक्ष रमेश गुरुङ अनि प्रमुख अतिथिद्वारा हस्तान्तरण गरिएको थियो । त्यसपछि ईलाम सोसाइटीका अन्य सदस्यहरु जो आफ्नो कार्य ब्यस्तताको कारण हाल ब्रुनाई र अफगान्स्थानमा कार्यरत छन उनीहरुले पठाएका शुभकामना सन्देश साथै ईलामे चेली गीतकार निलम आङ्बुहाङ राईको शुभकामना सन्देश अनि उनले आफ्नो नयाँ गीती एल्बम जूनी जूनी भाग-२ को बिक्रीबाट उठ्ने रकमको केही प्रतिशत सामाजिक कार्यले प्रेरित भई काठमाण्डौको जोरपाटीस्थित अपाङ्ग अस्पतालमा समर्पित गर्नेसमेत प्रण गर्नु भएको सन्देश श्रीमती शान्तकला राईले पढेर सुनाएकी थिईन् । प्रमुख अतिथि महामहिम राजदूत डा। सुरेशचन्द्र चालिसेले आफ्नो मन्तब्य राखेकाथिए ।उनले नेपालकै सुन्दर भन्दै ईलामको प्रकृतिक सुन्दरताको खुलेरै प्रंससा गरेकाथिएभने हाल संयुक्त अधिराज्यमा रहेका विभिन्न संस्थामध्ये ईलाम सोसाइटी यूकेले यहाँ अनि स्वदेशमा पनि विभिन्न सहयोगकार्यहरु गरेर उल्लेखनीय योगदान पुर्याउँदै आएकोमा निरन्तर सफलताको कामना पनि गरेकाथिए । सोसाइटीका अध्यक्ष रमेश गुरुङले धन्यवाद मन्तव्य राख्दै औपचारिक कार्यक्रमको समापन गरेकाथिए ।
खानापश्चात दोस्रो चरणको कार्यक्रममा भान्जाभान्जीहरु अनिता लिम्बू, स्‍मृति गुरुङ, मनिष राई, आनन्द राई, अदिप राईले सुन्दर नाँच र गीतहरु प्रस्तुत गरेका थिए भने गायक हिमालसागरले आफ्नो गीतहरु प्रस्तुत गरेर सबै दर्शकलाई मन्त्रमुग्ध परेका थिए । यही क्रममा टेक लोक्ताम अनि राज लिम्बूद्वारा तम्बोला र चिट्ठा खेलाएपछि नवोदित गीतकार बालकेशर तमाङको रचनाको मिलन अमात्यको आवाजको बिलकुलै नयाँ ‘अन्त’बाट झुल्क्यो घाम कंचनजंघा झललू बोलको गीतमा ईलामे दाजुभभाइ, दिदिबहिनीहरु कक्टेल डान्स गर्दै भरपुर रमाईलो गरेर करिब ८ बजेतिर कार्यक्रम बिसर्जन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत डा. सुरेश चन्द्र चालिसे, धर्मपत्नी डा. मिलन अधिकारी, ताप्लेजुङ् समाज यूकेका उपाद्ध्यक्ष राजेन्द्र खिम्दिङ, बी एफ बी एस गोर्खा रेडियो यू केका सिनियर कार्यक्रम संचालक श्रीमती आशा पुन, उनको श्रीमान गायक एवंम संगीतकार गणेश पुन, नेपालबाट आएका गायक हिमालसागर लगायत अन्य अतिथिहरु एवं बेलायतमा रहँदै आएका ईलामवासीको सघन उपस्तिथि रहेको थियो । -मुकेश राई