पर्वत वेलफेयर सोसाइटीको वाषिर्क भेला सम्पन्न

पर्वत वेलफेयर सोसाइटीको वाषिर्क भेला सम्पन्न


लण्डन । हिजो आइतबार, ०९ सेप्टेम्बर २०१२को दिन सफा घमाइलो वातावरणमा पर्वत वेलफेयर सोसाइटीले यस वर्षको वाषिर्क भेला फार्नबारोस्थित अक्सफोम कम्यूनिटी सेन्टरको परिसरभित्र रमाइलो गरी मनाएको थियो । अध्यक्ष रसबहादुर गुरुङको अध्यक्षतामा केही हप्ताअघि सम्पन्न अधिवेशनमा नयाँ कार्यकारी समितिको चयन समयको अभाव तथा सम्पूर्ण सदस्यहरु भेला हुन नसकेको कारणले गर्दा गठन हुन सकेको थिएन । तसर्थ हिजो नै अध्यक्ष रसबहादुर गुरुङ तथा उपाध्यक्षद्वयलाई (क्रमशः ले.रि. चन्द्र गुरुङ र गोवन्द गुरुङ) थप दुईवर्ष कार्य अवधि बढाएर कार्यसमितिमा रहने गरी छलफलमा निर्णय गरिएको थियो । छलफलको क्रममा नयाँ सचिवद्वय क्रमशः दधि आचार्य (सचिव) तथा सहसचिवमा दुर्गा गुरुङलाई चयन गरिएको छ । समितिको कोषाध्यक्षमा दीपक जोशीलाई चयन गरिएको छ ।
हिजोको भेलाले पर्वत जिल्लाबाट बेलायत आई बसोबास गरेका पर्वतवासीहरुको सातवटा संस्थाहरु मध्येबाट दुईदुई जना कार्यकारी समितिका लागि सदस्यहरु चयन गर्ने निर्णय गरेर छलफल समापान गरिएको थियो । त्यसपछि संस्कृतिक कार्यक्रम सञ्चालन गरेर मनोरञ्जन गरिएको थियो । निरमाया रोधी रेस्टूरेन्टका कलाकारहरु क्रमशः दुर्गा गुरुङ, टङ्क शेरचन, तुलसीका समूहद्वारा प्रस्तुत गीत, बाँसुरी वादन, रोचक मुक्तक प्रस्तुति तथा मादल वादनको कर्णप्रिय संगीत धूनमा पर्वतवासीहरु मस्त खुशीमा झुम्दै नाचेर रमाइलो मनाएका थिए । अन्तमा लटरी खेल सञ्चालन गरेर अर्को साल भेट्ने गरी कार्यक्रम समापन गरिएको थियो । अक्सफोम कम्यूनिटी सेन्टरमा नै अर्को हलमा मिस नेपाल यूकेको प्रतियोगिता पनि सम्पन्न भइरहेको अवसरमा भेलाभएका मानिसहरु दुइटै कार्यक्रमहरुमा सहभागी जनाइरहेका थिए । -सुमल, मेस ।